श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ | Khabarhub Khabarhub

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । मिथिला विहारी नगरपालिका-५ ललियाका ४५ वर्षीया जिवछी देवी मण्डलको हत्या आरोपमा उनका श्रीमान रामा मण्डल पक्राउ परेका हुन् । 

जिवछी देवीको शव यही असोज ४ गते हत्या भएको अवस्थामा बासघारीमा फेला परेको थियो । खेतमा काम गर्न गएको बेला ऋण तिर्ने विषयमा श्रीमान-श्रीमतीबीच छलफल भएको र सोही छलफलमा श्रीमतीले श्रीमानको बुबाको नाम जोडेर गाली गलौज गर्दा आवेशमा आएर रामा मण्डलले कोदालोले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।

हत्या पश्चात मण्डलले कोदालो अरुको खेतमा फालेर श्रीमतीले लगाएको चुरा फुटाएर त्यहाँबाट भागेका थिए । रामा मण्डललाई प्रहरीले घटनाको चार दिनपछि किरिया बसेको अवस्थामा पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : २९ बजे

इस्टु कार्कीले बालेनलाई भनिन्– हामीलाई राजतन्त्र चाहिएको छैन 

काठमाडौं– जेन–जी आन्दोलनमा सहभागी सोसल मिडिया इन्फ्ल्युएनसर इस्टु कार्कीले काठमाडौं

बङ्गलादेशी फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल  खेलका लागि नेपाल आएको बङ्गलादेशी फुटबल

जेन-जी आन्दोलनमा हालसम्म ३४ जनाको मृत्यु, १३ सय ३८ घाइते उपचाररत

काठमाडौँ – सोमबार र मङ्गलबार भएको जेन-जी आन्दोलन क्रममा हालसम्म

नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद

काठमाडौं – नेपाली सेनाले देशभरको पछिल्ला घटनाक्रमबारे सुरक्षा अपडेट सार्वजनिक

भारतीय मिडियालाई जंगीअड्डाबाट हटाए जेनजीले

काठमाडौं– भारतीय मिडियालाई जङ्गीअड्डा बाहिरबाट जेनजी आन्दोलनकर्ताले लाइभ गर्न दिएका छैनन्