कुखुरापालनबाटै ४० लाख आम्दानी « Khabarhub

कुखुरापालनबाटै ४० लाख आम्दानी


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा-९ स्थित प्रगति टोलका किसान एनकुमार गिरीले १० वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन् । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् । एनी एन्जल कृषि फार्म प्रालि दर्ता गरेर १५ कठ्ठा जग्गामा  व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा  ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए । 

दुई करोड लगानीमा फार्म सञ्चालन गरेका गिरीले अहिले लेयर्स जातका कुखुरा पालेका छन् । “स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकोले सुरुमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ”, गिरीले सुनाए । 

बीबीएस पास गरेका उनी आयुर्वेदका ज्ञातासमेत हुन्  । कृषिमा ठूलो सम्भावना देखेर रहरले सुनसरीको तरहराबाट सुन्दरहरैँचा आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकोमा यसबाट आफू खुशी भएको उनले सुनाए । 

फार्ममा दैनिक पाँच हजार अन्डा उत्पादन हुन्छ । अन्डा प्रतिगोटा ११ मा फार्ममै बिक्री हुन्छ भने पूर्वी नेपाललगायत विभिन्न स्थानमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको किसान गिरीले उल्लेख गरे । लेयर्सजातको कुखुरा अण्डा र मासुका लागि उपयुक्त मानिन्छ ।

कुखुराको सुली (मल) बाट समेत राम्रो आम्दानी हुने गरेको उनले बताए । प्रतिबोरा तीन सयमा फार्मबाट सुली बिक्री हुने गरेको गिरीले सुनाए । दुई वटा ठूला ठूला कटेरोमा  कुखुरा पालिएको छ । कुखुरापालनसँगै बाख्रासमेत पालेर उहाँले आफ्नो कृषि पेसा अगाडि बढाएका छन् । उनले उन्नत बोयर जातका ५० भन्दा बढी बाख्रा पालेका छन् । ‘कृषिमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पुर्‍याएर काम गर्दा नाफा हुछ’, उनी भन्छन् । 

कुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँछ । त्यस्तै कहिलेकाहीँ बिचौलियाले गर्दा उचित मूल्य नपाउने गुनासो पनि उनले सुनाए ।  सुन्दरहरैँचा नगरपालिका–९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले यस नगर क्षेत्रमा कृषिका लागि धेरै सम्भावना र अवसर भएको बताए । उनले गिरीले गरेको कृषि कार्य उदाहरणीय भएको बताए । ‘उद्यमशील किसानलाई  सरकारले आवश्यक सहयोग गर्न जरूरी छ’, उनले भने। 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : ३९ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।