आजदेखि उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण हुने  | Khabarhub Khabarhub

आजदेखि उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण हुने 


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दसैँ नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशु सेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दसैँको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिँदै छ ।

पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ ।

कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो ।

यो वर्षको दसैँमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : ३२ बजे

एकीकृत समाजवादीका नेता कार्की माओवादी प्रवेश

काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता इन्जिनियर महेन्द्रबहादुर कार्की नेकपा माओवादी

एउटै मञ्चमा ओली र भण्डारी (तस्बिरहरू) 

काठमाडौं– प्रधानमन्त्री प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

‘मदन भण्डारी फाउण्डेशनलाई ‘कन्स्पिरेसी थ्योरी’ बनाउन आवश्यक छैन’

काठमाडौं– मदन भण्डारी फाउन्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले मदन भण्डारी फाउण्डेशन

‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र भण्डारी अतिथि

काठमाडौँ – नेकपा (एमाले) का पूर्वमहासचिव स्व. मदनकुमार भण्डारीको ७४औँ

भारतमा छोरी मारिइन्, राहत रकम आफन्तले लुटे

सुर्खेत – छोरीको हत्या भएपछि राहतवापत् भारत सरकारले प्रदान गरेको