इमरान खान भन्छन्-  मेरो हत्याको षडयन्त्र हुँदै छ  « Khabarhub

इमरान खान भन्छन्-  मेरो हत्याको षडयन्त्र हुँदै छ 


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- पाकिस्तानका अपदस्थ प्रधानमन्त्री इमरान खानले वरिष्ठ राजनीतिज्ञ मरियम नवाजलाई आफूविरुद्ध ‘साम्प्रदायिकता र धार्मिक घृणा’को प्रचार गरेको र ‘धार्मिक कट्टरपन्थी’मार्फत उनको हत्या गर्ने षड्यन्त्र रचेको आरोप लगाए।

मरियम पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी हुन् । ‘धार्मिक कट्टरपन्थीमार्फत मेरो हत्या गर्न मरियम नवाज र उनका सहयोगीहरूले मेरो विरुद्ध साम्प्रदायिकता र धार्मिक घृणाको प्रचार गरेका छन्’, खानले भने ।

आफूलाई मृत्युसँग डर नभएको उनले बताए । गत शनिबार लाहोरबाट करिब ४०  किलोमिटर टाढा रहिम यार खानको एक र्‍यालीमा पनि पीटीआईका अध्यक्षसमेत रहेका खानले आफ्नो हत्याको षडयन्त्र भएको दाबी गरेका थिए । ‘चार जनाले मलाई मार्ने ’बन्द ढोका’ पछाडि निर्णय गरेका थिए’, उनले भने ।

पूर्व क्रिकेटर खानले बारम्बार हत्याको षडयन्त्र भएको दाबी गर्दै आएका छन् । संसदमा अविश्वासको प्रस्तावमार्फत हटाइएका खान सत्ता च्युत भएपछि सरकारविरुद्ध आक्रोश पोख्दै आएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : ५९ बजे

बाढीमा फसेकाको उद्धारमा २२ वटा हेलिकप्टर परिचालन गरेका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा

बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने

काठमाडौं– सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन राहत सामग्री संकलन गर्न तीन

भोटेकोसी बाढी प्रभावितको लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

काठमाडौं– हिजो बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं– भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन भएको छ

बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री परिचालन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी