सरुवा रोग विशेषज्ञ डा. पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिने « Khabarhub

सरुवा रोग विशेषज्ञ डा. पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिने


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई एनआरएनए ननरेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२२ प्रदान गर्ने भएको छ।

एसोसिएसनले डा. पुनलाई ११ सय डलरको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। एसोसिएसनले डा. पुनलाई प्राणघातक सङ्क्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको जनाएको छ।

पुरस्कार राशिसहित तामप्रत्रबाट डा. पुनलाई सम्मान गरिने एसोसिएसनले सोमबार डा. पुनलाई पठाएको पत्रमा उल्लेख छ। पुस ७ गते नेपालमा विशेष समारोह आयोजना गरी डा. पुनलाई उक्त पुरस्कार प्रदान गरिने एसोसिएसनले जनाएको छ । 

आफूलाई पुरस्कार प्रदान गर्ने निर्णयले सेवाको भावनाबाट विचलित नहुन थप प्रेरणा मिलेको डा. पुनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्।

 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १ : २८ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर