भारतीय प्रधानमन्त्री मोदीद्वारा जापानी समकक्षी किसिदासँग भेटवार्ता « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीद्वारा जापानी समकक्षी किसिदासँग भेटवार्ता


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत र जापानका प्रधानमन्त्री बीच मङ्गलबार जापानको राजधानी टोकियोमा भेटवार्ता भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार बिहानै जापानको टोकियो पुगेका हुन् । उनले जापानका समकक्षी फुमियो किशिदासँग दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गरेको भातरीय समाचार संस्था एएनआईले जनाएको छ ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जे आबेको अन्त्येष्टि समारोहमा सहभागी हुन मोदी टोकियो पुगेका हुन् । आबेको गत जुलाई ८ मा जापानको नारा सहरमा हत्या भएको थियो ।

चुनाव प्रचार प्रसारको सिलसिलामा नाराको मुख्य चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहार हुने बित्तिकै तत्काल अस्पताल लगिएको भएपनि चिकित्सकहरूले उनलाई बचाउन नसकिएको भन्दै मृत घोषणा गरेका थिए ।

कडा सुरक्षाका बीचमा पनि उनको हत्या भएपछि धेरैले आश्चर्य मानेका थिए भने आम नागरिकमा निकै लोकप्रिय नेताका रुपमा चिनिएका आबेको अचानक हत्या भएपछि विश्वभरबाट दुःख व्यक्त भएको थियो ।

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आबेको ७६ वर्षको उमेरमा निधन भएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ७ : ०८ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको