दलाई लामाको पुनर्जन्मबारे चीनले भ्रम फैल्यायो : तिब्बती प्रशासन « Khabarhub

दलाई लामाको पुनर्जन्मबारे चीनले भ्रम फैल्यायो : तिब्बती प्रशासन


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वासनमा रहेको तिब्बत सरकारले १४ औँ दलाई लामाको पुनर्जन्मबारे चीनले भ्रम फैलाइरहेको आरोप लगाएको छ ।

केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले विज्ञप्ति जारी गर्दै दलाई लामाको पुनर्जन्मबारे चीनले भ्रम फैलाइरहेको आरोप लगाएको हो ।

सीटीएले सार्वजनिक गरेको विज्ञप्तिमा सन् २००७ यता तिब्बती बौद्ध धर्ममा पुनर्जन्मबारे नयाँ नीति अघि सारेर चीनले दलाई लामाको पुनर्जन्मलाई आफ्नो राजनीतिक स्वार्थसँग जोडेको आरोप लगाएको छ ।

यस्तै, सीटीएले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुले तिब्बती बौद्ध धर्ममा पुनर्जन्म प्रक्रियाबारे भ्रामक प्रचार गरेको समेत आरोप लगाएको छ ।

दलाई लामाले आफू ११३ वर्षसम्म बाँचिरहने बताएको अवस्थामा तिब्बती परम्पराअनुसार पुनर्जन्ममा विश्वास नराख्ने कुनै पनि पक्षले यसबारे हस्तक्षेप गर्न नहुने सीटीएले जनाएको छ ।

‘लामा/टुल्कुहरुको पुनर्जन्म तिब्बती बौद्ध परम्पराको मौलिक पद्धती हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि विगत र भविष्यको जीवनप्रति विश्वास रहेको हुनु जरुरी छ ।’

यसबाहेक सीटीएले आफ्नो पुनर्जन्म र उत्तराधिकारीबारे दलाई लामाको व्यक्तिगत निर्णय नै सर्वोपरी हुने समेत जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : ०० बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६