दलाई लामाको पुनर्जन्मबारे चीनले भ्रम फैल्यायो : तिब्बती प्रशासन « Khabarhub

दलाई लामाको पुनर्जन्मबारे चीनले भ्रम फैल्यायो : तिब्बती प्रशासन


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वासनमा रहेको तिब्बत सरकारले १४ औँ दलाई लामाको पुनर्जन्मबारे चीनले भ्रम फैलाइरहेको आरोप लगाएको छ ।

केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले विज्ञप्ति जारी गर्दै दलाई लामाको पुनर्जन्मबारे चीनले भ्रम फैलाइरहेको आरोप लगाएको हो ।

सीटीएले सार्वजनिक गरेको विज्ञप्तिमा सन् २००७ यता तिब्बती बौद्ध धर्ममा पुनर्जन्मबारे नयाँ नीति अघि सारेर चीनले दलाई लामाको पुनर्जन्मलाई आफ्नो राजनीतिक स्वार्थसँग जोडेको आरोप लगाएको छ ।

यस्तै, सीटीएले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुले तिब्बती बौद्ध धर्ममा पुनर्जन्म प्रक्रियाबारे भ्रामक प्रचार गरेको समेत आरोप लगाएको छ ।

दलाई लामाले आफू ११३ वर्षसम्म बाँचिरहने बताएको अवस्थामा तिब्बती परम्पराअनुसार पुनर्जन्ममा विश्वास नराख्ने कुनै पनि पक्षले यसबारे हस्तक्षेप गर्न नहुने सीटीएले जनाएको छ ।

‘लामा/टुल्कुहरुको पुनर्जन्म तिब्बती बौद्ध परम्पराको मौलिक पद्धती हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि विगत र भविष्यको जीवनप्रति विश्वास रहेको हुनु जरुरी छ ।’

यसबाहेक सीटीएले आफ्नो पुनर्जन्म र उत्तराधिकारीबारे दलाई लामाको व्यक्तिगत निर्णय नै सर्वोपरी हुने समेत जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : ०० बजे

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स