आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइँदैन ? « Khabarhub

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइँदैन ?


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंसिर ४ मा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू भएको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्ने निर्णय मंगलबार नै गरेको हो ।

आयोगले १३ भदौमा आचारसंहिता जारी गरिसकेको छ । जसअनुसार संघ प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । तर, आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार जान भने मन्त्रीहरूलाई छेक्ने छैन । सरकारी कर्मचारी, सार्वजनिक संस्थानले कुनै दलको पक्ष वा विपक्षमा लाग्न पाउने छैनन् भने कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रम गर्न नपाउने व्यवस्था छ ।

आयोगको मंगलबारको बैठकले निर्वाचन ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न भनेको छ । दर्ता भएका दलहरूले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न पाउने छैनन् ।

राजनीतिक दलहरूले प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ भने  प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपी लगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउने छैनन् । दलहरूले देशव्यापी रुपमा प्रचारप्रसारका लागि दुईजनालाई मात्रै मुख्य प्रचारकको रुपमा व्यवस्थापन गर्नुपर्नेछ । आयोगको अनुमतिपछि मात्र हेलिकप्टर प्रयोग गर्न पाइनेछ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : ४३ बजे

मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस

माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन

पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र

तस्बिरमा हेर्नुहोस्, रास्वपाको चुनावीसभा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष

उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड 

रुकुम– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’