विश्व पर्यटन दिवस : वृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना | Khabarhub Khabarhub

विश्व पर्यटन दिवस : वृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– विश्व पर्यटन दिवसको अवसरमा ललितपुरमा वृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना गरिएको छ। ५०० भन्दा धेरै कलाकारको प्रस्तुतिसहित ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह-आयोजनामा बृहत सांस्कृतिक मेला हिजो मंगलबार पाटन दरबार क्षेत्र मंगलबजारमा भएको हो । 

सांस्कृतिक मेलामा विभिन्न ७ विद्यालयका १०० जना भन्दा धेरै कलाकारहरूले कार्तिक डबली परिसरको मन्दिर तथा खुला क्षेत्र ढाकिने गरे ७ प्रदेशको मौलिक नाच प्रदर्शन गरेका थिए। त्यस्तै ज्यापु समाज यल, बौद्ध विहार संघ, नेपाल राष्ट्रिय खड्गी समाज ललितपुरका सयौँ कलाकारले नायःखिं, धिमे, धाः लगायतको परम्परागत बाजा तथा नाचको प्रस्तुति दिइएको थियो ।

ललित कार्निभल लक्षित कार्यक्रमका लागि विद्यार्थी एवम् कलाकारहरूलाई ३ महिना अघि देखि नै प्रशिक्षण दिइरहेको छ ।  त्यस्तै बेलुकीको सांस्कृतिक कार्यक्रम अघि पाटन म्युजियम परिसरमा रहेको मणि केशव नारायण चोकमा योमरी बनाउने, चिउरा कुट्ने, सुकुल बुन्ने, प्याङ्गगाँउको लोपेन्मुख काठको चिउरा राख्ने भाँडो बनाउने पद्धति लगायतको परम्परागत नेवार जीवनपद्धतिको प्रत्यक्ष प्रस्तुति पनि गरिएको थियो । त्यसैगरी बिहान पर्यटकहरूको स्वागत कार्यक्रमको आयोजना गरिएको थियो।  

त्यस्तै सांस्कृतिक मेलामा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले  महानगरपालिकाको पयर्टनसँग सम्बन्धित वेबसाइटको लोकार्पण गरेका थिए । कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, नेपालस्थित विभिन्न देशका राजदूतहरू, जनप्रतिनिधिहरूको उपस्थिति थियो। हरेक वर्ष सेप्टेम्बर २७ मा पर्यटन दिवस मनाउने गरिन्छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएको र अहिले पुनरुत्थानको चरणमा रहेको अवस्थामा दिवसलाई नयाँ अवसरको पहिचान र उपयोगमा जोड दिएर मनाएको हो । नेपालले सन् २०२३ देखि २०३२ सम्म नेपाल भ्रमण दशक मनाउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ८ : ४८ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड