विश्व पर्यटन दिवस : वृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना « Khabarhub

विश्व पर्यटन दिवस : वृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– विश्व पर्यटन दिवसको अवसरमा ललितपुरमा वृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना गरिएको छ। ५०० भन्दा धेरै कलाकारको प्रस्तुतिसहित ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह-आयोजनामा बृहत सांस्कृतिक मेला हिजो मंगलबार पाटन दरबार क्षेत्र मंगलबजारमा भएको हो । 

सांस्कृतिक मेलामा विभिन्न ७ विद्यालयका १०० जना भन्दा धेरै कलाकारहरूले कार्तिक डबली परिसरको मन्दिर तथा खुला क्षेत्र ढाकिने गरे ७ प्रदेशको मौलिक नाच प्रदर्शन गरेका थिए। त्यस्तै ज्यापु समाज यल, बौद्ध विहार संघ, नेपाल राष्ट्रिय खड्गी समाज ललितपुरका सयौँ कलाकारले नायःखिं, धिमे, धाः लगायतको परम्परागत बाजा तथा नाचको प्रस्तुति दिइएको थियो ।

ललित कार्निभल लक्षित कार्यक्रमका लागि विद्यार्थी एवम् कलाकारहरूलाई ३ महिना अघि देखि नै प्रशिक्षण दिइरहेको छ ।  त्यस्तै बेलुकीको सांस्कृतिक कार्यक्रम अघि पाटन म्युजियम परिसरमा रहेको मणि केशव नारायण चोकमा योमरी बनाउने, चिउरा कुट्ने, सुकुल बुन्ने, प्याङ्गगाँउको लोपेन्मुख काठको चिउरा राख्ने भाँडो बनाउने पद्धति लगायतको परम्परागत नेवार जीवनपद्धतिको प्रत्यक्ष प्रस्तुति पनि गरिएको थियो । त्यसैगरी बिहान पर्यटकहरूको स्वागत कार्यक्रमको आयोजना गरिएको थियो।  

त्यस्तै सांस्कृतिक मेलामा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले  महानगरपालिकाको पयर्टनसँग सम्बन्धित वेबसाइटको लोकार्पण गरेका थिए । कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, नेपालस्थित विभिन्न देशका राजदूतहरू, जनप्रतिनिधिहरूको उपस्थिति थियो। हरेक वर्ष सेप्टेम्बर २७ मा पर्यटन दिवस मनाउने गरिन्छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएको र अहिले पुनरुत्थानको चरणमा रहेको अवस्थामा दिवसलाई नयाँ अवसरको पहिचान र उपयोगमा जोड दिएर मनाएको हो । नेपालले सन् २०२३ देखि २०३२ सम्म नेपाल भ्रमण दशक मनाउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ८ : ४८ बजे

विद्यार्थी सङ्गठन खारेजीविरुद्ध सडकमा विद्यार्थी स्वस्ति शान्ति (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी सङ्गठनले आज पाटन संयुक्त क्याम्पसमा शङ्खघोष र

झन् गिजोलियो दिनेशको आर्थिक लेनदेन, ‘अपुष्ट लिस्ट’को भरमा सेलिब्रेटीको उछितो

काठमाडौं – मिडिया सञ्चालक तथा फिल्म मिडियाको-ओर्डिनेटर स्वर्गीय दिनेश सिटौलाको

खोप लगाउन छुटेका बालबालिकाको लागि ‘खोज र खोप’ अभियान

काठमाडौं– सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र

सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुहुँदैन : महामन्त्री पौडेल

पाटन– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको

वडाले दियो २८ कृषकलाई हाते ट्याक्टर 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडानम्बर-६ का कृषकलाई हाते ट्याक्टर वितरण