एक लाख ५८ हजार मतदाता कायम « Khabarhub

एक लाख ५८ हजार मतदाता कायम


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दैलेख– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दैलेखमा एक लाख ५८ हजार आठ सय ५८ मतदाता कायम रहेका छन् । दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा पुरुष ७९ हजार चार सय २० र महिला ७९ हजार चार सय ३८ मतदाता कायम भएका छन् ।

दुई संघीय निर्वाचन क्षेत्र, चार प्रदेशसभा क्षेत्र रहेको दैलेखमा कुल मतदानस्थल दुई सय सात र मतदान केन्द्र एक सय ३९ वटा कायम भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विवेक पुरीले जानकारी दिए । संघीय निर्वाचन क्षेत्र नं १ मा पुरुष ३८ हजार नौ सय ४४ र  महिला ३९ हजार तीन सय ३८ मतदाता छन् । दैलेख क्षेत्र नं १ मा ७३ मतदानस्थल र एक सय तीन मतदान केन्द्र छन् ।

यसैगरी दैलेख क्षेत्र नं २ मा पुरुष ४० हजार पाँच सय ७६ र महिला मतदाता ४० हजार एक सय छन् । यस क्षेत्रमा ६६ मतदानस्थल र एक सय चार मतदान केन्द्र रहेका कार्यालयले जनाएको छ । यस्तै चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र नं १ को (क) मा ३५ हजार चार सय ९९ मतदाता रहेका छन् । पुरुष १७ हजार आठ सय ९५ र महिला १७ हजार छ सय चार मतदाता छन् । यस प्रदेशसभा निर्वाचन क्षेत्रमा ३३ मतदानस्थल र ४७ मतदान केन्द्र छन् ।

प्रदेशसभा क्षेत्र नं १ (ख) मा ४२ हजार सात सय ८३ मतदाता छन् । चालीस मतदानस्थल र ५६ मतदान केन्द्र रहेको यस क्षेत्रमा पुरुष २१ हजार ४९ र महिला २१ हजार सात सय ३४ मतदाता छन् । 

यस्तै दैलेख निर्वाचन क्षेत्र नं २ प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा ३९ हजार एक सय ९८ मतदाता छन् । पचास मतदान केन्द्र र ३१ मतदानस्थल रहेको यस क्षेत्रमा पुरुष १९ हजार पाँच सय ४१ र महिला १९ हजार छ सय ८४ मतदाता छन् । क्षेत्र नं २ अन्र्तगत प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा ४१ हजार चार सय ७८ मतदाता छन् । ३५ मतदानस्थल र ५४ मतदान केन्द्र रहेको यस क्षेत्रमा महिला २० हजार चार सय १६ र पुरुष २१ हजार ६२ मतदाता रहेका सूचना अधिकारी पुरीले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ५१ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को