इरानमा हिंसात्मक प्रदर्शन जारी : ७६ जनाको मृत्यु « Khabarhub

इरानमा हिंसात्मक प्रदर्शन जारी : ७६ जनाको मृत्यु


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर) ले जनाएको छ ।

मारिनेमा ६ महिला र ४ बालबालिका समेत रहेको बीबीसीले जनाएको छ । हालसम्म राजधानी तेहरानबाट उत्तरमा पर्ने गिलान र मजान्दरान प्रान्तमा मात्रै ३५ जनाको मृत्यु भएको र पश्चिमी अजरबैजान, केर्मानशाह, एलाम र कुर्दिस्तान प्रान्तमा अरु २४ जनाको मृत्यु भएको आईएचआरलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

यद्यपि सरकारी सञ्चार माध्यमहरुले प्रदर्शनमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेका छन् । यसका लागि प्रदर्शनकारीहरु नै जिम्मेवार रहेको इरानको सरकारले आरोप लगाएको छ ।

आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर १२ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा २० जना पत्रकार पनि रहेको बीबीसीले जनाएको छ । हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो ।

उत्तर पश्चिमी सेकाज सहरबाट राजधानी तेहरान भ्रमण गर्न आएकी उनलाई खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ४९ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा