तालिबानले पाकिस्तानमा वार्षिक २० करोड डलर आम्दानी गरिरहेको खुलासा « Khabarhub

तालिबानले पाकिस्तानमा वार्षिक २० करोड डलर आम्दानी गरिरहेको खुलासा


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले पाकिस्तानी भूमिमा विभिन्न गतिविधिमार्फत् वार्षिक २० करोड अमेरिकी डलर आम्दानी गरिरहेको एकजना पाकिस्तानी नेताले जनाएका छन् ।

पाकिस्तानी अनलाइन पोर्टल द न्युज पाकिस्तानका अनुसार पाकिस्तान पिपुल्स पार्टी पीपीपीका सिनेटर मुस्तफा नवार कोखारले तालिबानले पाकिस्तानी भूमिबाट २० करोड डलर आम्दानी गरिरहेको दाबी गरेका हुन् ।

आफूलाई राष्ट्रिय सभाको सुरक्षा समितिको बैठकका क्रममा एकजना वरिष्ठ सरकारी अधिकारीले पाकिस्तानी भूमिबाट अफगान तालिबानले वार्षिक २० करोड डलर आम्दानी गर्दै आएकोबारे जानकारी दिएको दाबी गरेका हुन् ।

तालिबानले पाकिस्तानी भूमिमा जबरजस्ती चन्दा अशुल्ने लगायत अन्य आपराधिक गतिविधि समेत गर्दै आएको उनले बताए ।

सामाजिक सञ्जालमा सन्देश जारी गर्दै उनले लेखेका छन्, ‘के उनीहरुको सम्बन्ध टीटीपी (तहरिक ए तालिबान पाकिस्तान) सँगै छैन र ?’

यसबाहेक उनले मुलुकको स्वात, कुरम र अन्य स्थानमा पाकिस्तानी तालिबानको आक्रमणमा दर्जनौँ सुरक्षाकर्मी मारिएको समेत बताएका छन् ।

साथै उनले पाकिस्तानी तालिबानले किन अफगान भूमिको प्रयोग गरिरहेको छ भन्ने प्रश्न समेत गरेको द न्युजले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : २१ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी