बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा परी मृत्यु भएको छ ।
गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका-५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।
घरमा आशिंक क्षति पुगेको जनाउँदै रोका सुत्नेकोठामा रहेकाले पहिरोले पुरेको प्रहरी उपरीक्षक प्रसाईंले बताए।
अहिले स्थानीयको सहायतामा पहिरोबाट शव निकाल्ने काम भइरहेको उनको भनाइ छ ।













प्रतिक्रिया