विश्व इतिहासमा आजः हैटीमा कुदेखि बाल्टिक समुद्रमा डुंगा दुर्घटना | Khabarhub Khabarhub

विश्व इतिहासमा आजः हैटीमा कुदेखि बाल्टिक समुद्रमा डुंगा दुर्घटना


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को २९ सेप्टेम्वर अर्थात् २०७९ असोज १३ गते इतिहासमा भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः

बाल्टिक समुद्रमा डुंगा दुर्घटना
सन् १९९४ मा एउटा डुंगा बाल्टिक समुद्रमा डुब्दा ८०० यात्रुको डुबेर मृत्यु भएको थियो। यसलाई २०औं शताब्दीकै खराब दुर्घटना भनिन्छ।

हैटीमा कु
सन् १९९१ मा त्यहाँको सेनाले कुमार्फत राष्ट्रपति जीन बर्टान्ड अरिस्टाइडलाई बर्खास्त गरेको थियो। राष्ट्रपति बर्टान्ड कु हुनुभन्दा ९ महिनाअघि भएको निर्वाचनबाट विजयी भएका थिए।

क्यानडाको पहिलो स्याटलाईट
सन् १९७२ मा क्यानडाले अमेरिकाको क्यालिफोर्निया राज्यस्थित वायुफौजको आधारबाट आफ्नो पहिलो स्याटलाईट अलुएट १ सुरु गरेको थियो। पृथ्वीको अध्ययन गर्ने उद्देश्यले अमेरिकी अन्तरिक्ष केन्द्र नासाको सहकार्यमा सो स्याटलाइट सुरु भएको थियो।

आणविक अनुसन्धानका लागि युरोपेली संगठन स्थापना
सन् १९५४ मा आणविक अनुसन्धानका लागि युरोपेली संगठन सीइआरएनको स्थापना भएको थियो। इयुका १२ देशले सो संगठन स्थापना गरेका थिए।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ६ : ४१ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’