सप्तकोसी नदीमा जेटबोट सञ्चालनमा « Khabarhub

सप्तकोसी नदीमा जेटबोट सञ्चालनमा


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ।

सप्तकोसी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले बोट सञ्चालनमा ल्याएका हुन्। चारवटा कम्पनीले तीनवटा लामो दूरीका र चारवटा छोटो दूरीका जेट बोट सञ्चालनमा ल्याएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक नवीन पौडेलले जानकारी दिनुभयो।

हिउँदको बेला चाडपर्वमा स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो। सप्तकोसी किनारस्थित बराहक्षेत्र मन्दिरबाट जेटबोट सञ्चालन भएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक पौडेलले जानकारी दिनुभयो। दसैँ तिहार लक्षित गरी यात्रुलाई सहजताका साथ आफ्नो गन्तव्यस्थल पुग्नका लागि जेटबोट सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो।

बराहक्षेत्रबाट कोप्चेसम्मका जेटबोटको हालको भाडादर जनही छ सय कायम गरिएको र जेटबोटले पाँच किलोमिटको दूरी तय गर्ने स्थानीय पत्रकार सङ्गम विष्टले जानकारी दिनुभयो।

पानी सतह घटेपछि भाडादरमा समायोजन गरिने पौडेलले जानकारी दिनुभयो। बराहक्षेत्रबाट जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्मालगायतका ठाउँमा यात्रा गर्नका लागि सहज हुने उहाँले बताउनुभयो। जेट बोटको क्षमता ४० सिटको रहेको पौडलले बताउनुभयो।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ८ : १६ बजे

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।