नेपाली सेनाले १ लाख ५० हजार फलफूलका विरुवा रोप्ने « Khabarhub

नेपाली सेनाले १ लाख ५० हजार फलफूलका विरुवा रोप्ने


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले अगाडि सारको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण’ अभियानलाई सफल बनाउन नेपाली सेनाले पनि आफ्नो अभियान शुरु गरेको छ ।

सेनाले पनि ‘एक जवान एक विरुवा रोपण अभियान’ शुरु गरेको हो । प्रधानसेनापति (महारथी) पूर्णचन्द्र थापाले शुक्रबार सैनिक मुख्यालय जंगी अड्डाको हाता भित्र विभिन्न जातका फलफूलका विरुवा रोपेर अभियानको शुरुवात गरेका हुन् ।

सेनाले स्थानीय जनप्रतिनिधि तथा जनसमुदायसँगको सहकार्यमा फलफूलका विरुवा रोप्ने अभियानलाई सफल बनाउने जनाएको छ ।

यसका लागि सबै पृतना, बाहिनी, गण र गुल्मका बाहिर भित्री हातामा गरी १ लाख ५० हजार ९ सय ७७ ओटा विभिन्न जातका (हावापानी सुहाउने) फलफूलका विरुवा रोपिने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ३ : ४२ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको