चार सय ६७ उम्मेदवार कारबाहीमा « Khabarhub

चार सय ६७ उम्मेदवार कारबाहीमा


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

म्याङ्लुङ– तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएको छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदवार भएर  निर्वाचित भएका वा नभएका उक्त सङ्ख्याका उम्मेदवारले  निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना गर्ने भएको हो । 

जरिवाना बुझाउनेमा  निर्वाचितभन्दा पराजित बढी छन् । निर्वाचन खर्च नबुझाउने उम्मेदवारबाट आठ करोड ६० लाख ५० हजार राजस्व संकलन हुने उक्त कार्यालयले जनाएको छ ।  निर्वाचन खर्च बुझाउन आयोगले पटक-पटक अनुरोध गरी सूचना प्रकाशित गर्दा पनि नबुझाएकाले जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।

आयोगले छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू (सन्तोष तिगेला) र उपाध्यक्ष तारा खरेललाई गत स्थानीय तहको निर्वाचनमा भएको खर्चको विवरण नबुझाएको भन्दै तीन लाख ५० हजार जरिवाना गरेको छ । यसैगरी छथरमा अध्यक्षतर्फका दुई र उपाध्यक्षतर्फका दुई उम्मेदवारलाई  पनि जरिवाना बुझाउन भनिएको  छ ।

त्यसैगरी आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिम, उपाध्यक्ष वलीराज इङनामसहित ८५ उम्मेदवारलाई जरिवाना तोकिएकामा अध्यक्षका चार  र उपाध्यक्षका छजना छन् । यसैगरी फेदाप गाउँपालिकामा अध्यक्षमा पराजित उम्मेदवार हरिप्रसाद चोङ्वाङ लिम्बू र उपाध्याका दुई पराजित उम्मेदवारलाई पनि जरिवाना तोकिएको छ । त्यस्तै मेन्छ्याम गाउँपालिकामा निर्वाचित अध्यक्ष यामप्रसाद खापुङसहित प्रतिस्पर्धी अन्य तीन उम्मेदवार र उपाध्यक्ष गीतादेवी तिमिल्सिनासहित अन्य दुई जनालाई जरिवाना तोकिएको  छ । 

त्यस्तै म्याग्लुङ नगरपालिकामा पराजित तीन प्रमुखका उम्मेदवार दुई उपप्रमुखका तथा लालीगुराँस नगरपालिकाका निर्वाचित प्रमुख अर्जुनबहादुर मावुहाङसहित चार र उपप्रमुखमा  निर्वाचित जमुना कार्की मगरसहित तीन जनालाई पनि जरिवाना तोकिएको छ । निर्वाचन खर्च नबुझाउने गाउँपालिकाको प्रमुख र उपप्रमुखलाई रु तीन लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यलाई एक लाख ५० हजार जरिवाना तोकिएको हो ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ३ : २० बजे

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय

जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला – सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन

चन्द्रगढी महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

झापा – मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला

मदन भण्डारी राजमार्ग : झापा, मोरङ र सुनसरीमा पुल निर्माण गरिँदै

झापा – राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वीखण्डमा पुल