भारतीय ग्राहकले धानेको ब्रह्मदेव बजार « Khabarhub

भारतीय ग्राहकले धानेको ब्रह्मदेव बजार


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

वेदकोट– कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब १२ किलोमिटर उत्तरपश्चिम दूरी पार गरेपछि ब्रह्मदेव पुगिन्छ । महाकाली नदी छेउमै रहेको ब्रह्मदेवमा सडकको दायाँबायाँ लहरै साना पक्की र केही अस्थायी प्रकृतिका घर देखिन्छन् । त्यसमा कोहीले होटल थापेका छन्, त कोहीले लत्ताकपडा, खाद्यान्न, किराना, मिठाइ तथा फलफूलको पसल ।

भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव भारतसँग जोडिएको पुरानो नेपाली बजार हो । बजारमा भेटिने अधिकांश नागरिक भारतका हुन्छन् । यसलाई भारतीय ग्राहक भित्र्याउने बजारका रूपमा पनि चिनिन्छ । सदरमुकाम महेन्द्रनगर हुनुअघिसम्म ब्रह्मदेवबाट भारतसँग कारोबार हुने तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका लागि नुन, तेल, खाद्यान्नलगायतका सामान आपूर्ति हुने गरेको बूढापाका बताउँछन् ।

किसान नेता भीमदत्त पन्तले नुन कब्जा गरेर सर्वसाधारणलाई बाँडेको ठाउँलगायत लामो इतिहास बोकेको ब्रह्मदेव बजार भारतीय ग्राहकमा निर्भर छ । ‘अधिकांश ग्राहक भारतकै हुन्छन्, लत्ताकपडा तथा चाइनिज समान किनमेल गर्नका भारतीय नागरिक आउँछन्’, ब्रह्मदेवका व्यवसायी गोपालसिंह धामीले भने, ‘भारतीय ग्राहक नआएमा हाम्रो व्यापार नै हुँदैन ।’

प्रत्येक वर्ष फागुपूर्णिमादेखि असार पूर्णिमा र दसैँमा भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा नवरात्रि मेला लाग्ने हुनाले यो समयमा ब्रह्मदेव बजारमा चहलपहल बढी हुने गरेको छ । ‘मौसमी बजार’ को उपमा समेत पाएको ब्रह्मदेव बजारका व्यापारीले अन्य समयमा भने ग्राहकको बाटो ढुकेर बस्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘नेपाली गाउँ खल्ला–मसेट्टी–टुँडीखेल र ब्रह्मदेवका ग्राहक पनि आउँछन् तर यहाँका धेरैजसो किनमेल गर्नका लागि महेन्द्रनगर र टनकपुरतिर जाने गर्छन्’, व्यापारी दत्तराज पनेरुले भन्नुभयो, ‘भारतीय ग्राहक नआउँदा हाम्रो व्यापार नै हुँदैन, यहाँको व्यवसाय भारतीय उपभोक्ताले धानेका छन् ।’

यस वर्ष पूर्णागिरीमा लागेको नवरात्र मेला भएसँगै ब्रह्मदेव बजारमा नजिकै रहेको सिद्धनाथ मन्दिर दर्शन गर्ने भारतीय दर्शनार्थीको चहलपहल बढेको छ । पूर्णागिरि मेलाको दर्शन गरेका भारतको उत्तराखण्ड र उत्तरप्रदेशका दर्शनार्थीको ब्रह्मदेव र महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरको दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुने विश्वास छ । 

ब्रह्मदेवको सिद्धनाथ मन्दिर दर्शन गर्नका लागि अहिले दैनिक १० हजारभन्दा बढी भारतीय दर्शनार्थी आइरहेका छन् । मेला भर्न आउने भारतीय दर्शनार्थीले जुत्ता, चप्पल, टर्च, छाता, खेलौना, क्रिम, भिक्स, बामल र तयारी कपडा रुचाउने गरेका छन् । 

‘भारतीय उपभोक्तालाई लक्षित गरेर राखिएको बजार हो, मेला अवधिमा व्यवसाय राम्रै चल्छ’, ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले भने, ‘नवरात्र मेलाले अहिले भारतीय तीर्थालुको चहलपहल बढेको छ, व्यापार राम्रै भइरहेको छ ।’ अहिले एक सय ५० भन्दाबढी मानिस ब्रह्मदेव बजारमा व्यवसाय गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ६ : ४० बजे

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ