युरोपेली नेताद्वारा युक्रेनी भूमिको ‘अवैध’ कब्जाको निन्दा « Khabarhub

युरोपेली नेताद्वारा युक्रेनी भूमिको ‘अवैध’ कब्जाको निन्दा


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -युरोपेली सङ्घका नेताहरूले युक्रेनको डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसन क्षेत्रमा रूसले गरेको ‘अवैध’ कब्जाको निन्दा गर्दै ती क्षेत्रलाई ‘कहिल्यै मान्यता नदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

युरोपेली सङ्घका २७ सदस्य राष्ट्रका नेताहरू सम्मिलित युरोपेली परिषद्ले क्रेमलिनले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको आरोप लगाएको युरोपेली परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, “युक्रेनको डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसन क्षेत्रमा रूसले गरेको गैर–कानुनी कब्जाको हामी दृढतापूर्वक अस्वीकार र भत्र्सना गर्दछौँ । नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई जानाजानी कमजोर बनाएर र युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको मौलिक अधिकार, संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित आधारभूत सिद्धान्तहरूको खुलेआम उल्लङ्घन गरेर रूसले विश्वव्यापी सुरक्षालाई खतरामा पारिरहेको छ ।

“सदस्य राष्ट्रहरूले युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको यस थप उल्लङ्घनको बहानाको रूपमा ‘रूसले गरेको अवैध जनमतसङ्ग्रह’ लाई कहिल्यै मान्यता नदिने बताएका छन् । सदस्य राष्ट्रहरूले उक्त निर्णयलाई अमान्य भन्दै यसले कुनै पनि कानुनी प्रभाव पार्न नसक्ने बताएका छन् ।

विज्ञप्तिमा थप भनिएको छ, “क्रिमिया, खेरसन, जापोरिजझिया, डोनेट्स्क र लुहान्स्क युक्रेन हुन् । हामी सबै राष्ट्र र अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई यस अवैध विलयलाई स्पष्ट रूपमा अस्वीकार गर्न आह्वान गर्दछौँ ।”

रूसको आक्रामक युद्धका साथै मस्कोको पछिल्लो तनावको सामना गर्दै युरोपेली सङ्घ युक्रेन र यसका जनताको साथमा दृढतापूर्वक उभिएको छ ।

“विज्ञप्तिमा भनिएको छ, “हामी युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको पक्षमा अडिग छौँ । युक्रेनले आफ्नो भूभागमा पूर्ण नियन्त्रण हासिल गर्न रुसी आक्रमणविरुद्ध आफ्नो प्रतिरक्षा गर्ने आफ्नो वैधानिक अधिकार प्रयोग गरिरहेको छ र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र कब्जा गरिएका क्षेत्रहरूलाई मुक्त गर्ने अधिकार छ ।”

“क्रेमलिनले दिएको आणविक धम्की, सैन्य परिचालन र युक्रेनको भूभागलाई रुसको भू–भागका रूपमा गलत रूपमा प्रस्तुत गर्न खोज्ने रणनीति र अब रुसको भूमिमा युद्ध हुन सक्छ भन्ने धारणाले हाम्रो सङ्कल्पलाई हल्लाउने छैन,” विज्ञप्तिमा उल्लेख छ ।

युरोपेली परिषद्ले रुसको गैरकानुनी कदमको प्रतिकार गर्ने प्रतिबन्धात्मक कदमलाई बलियो बनाउने प्रतिबद्धता जनाएको छ । यसले रुसमाथि उसको आक्रामक युद्ध अन्त्य गर्न थप दबाब बढाउनेछ । ईयूले युक्रेनको साथमा दृढतापूर्वक उभिएको र युक्रेनलाई बलियो आर्थिक, सैन्य, सामाजिक र वित्तीय सहयोग प्रदान गर्न जारी राख्ने दोहो¥याएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ९ : ५८ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही