वयस्क साइटमा तस्बिर पोस्ट गर्ने म्यानमारकी मोडललाई ६ वर्ष जेल « Khabarhub

वयस्क साइटमा तस्बिर पोस्ट गर्ने म्यानमारकी मोडललाई ६ वर्ष जेल


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

यांगुन – म्यानमारको सैनिक अदालतले वयस्क साइट ओन्लीफ्यान्सलगायत अन्य प्लेटफर्ममा तस्बिर पोस्ट गरेको अभियोगमा एक युवतीलाई ६ वर्षको जेल सजाय सुनाएको छ।

एक मोडल र पूर्वडाक्टर नाङ म्वे सानलाई दुई साताअघि ‘संस्कृति र मर्यादालाई हानी पुर्याउने’ अभियोग लगाइएको सैन्य अधिकारीले बताए।

यसअघि सन् २०२१ मा कुद्वारा सत्ता कब्जा गर्ने सेनाविरुद्धको विरोध प्रदर्शनमा पनि उनले भाग लिएकी थिइन्। उनी अन्लीफ्यान्स सामग्रीका कारण जेलमा पर्ने म्यानमारमा पहिलो व्यक्ति हुन्।

नाङ म्वे सानलाई देशको इलेक्ट्रोनिक्स कारोबार कानूनको धारा ३३ (ए) अन्तर्गत नग्न तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा शुल्क लिएर वितरण गरेकोमा दोषी ठहर गरिएको थियो। यस कानुनअन्तर्गत दोषि ठहर भएमा अधिकतम सात वर्षको सजाय हुन्छ।

सामाजिक सञ्जालमा विरोध प्रदर्शनमा सहभागी भएको तस्बिर पोष्ट गर्ने अर्की मोडललाई पनि यही कानूनअन्तर्गत अगस्टमा पक्राउ गरिएको थियो। थिन्जर विन्ट क्वामाथि अक्टोबरमा कानुनी सोधपुछ हुँदै छ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ७ : ०८ बजे

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्युमा बोलेनन् बालेन-रवि, रास्वपाले तीन दिनपछि थाहा पायो 

काठमाडौं– रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा

युरोपमा अमेरिकी प्रभाव घट्ने संकेत, जर्मनीबाट सैनिक फिर्ता

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको