भारतको कानपुरमा ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु « Khabarhub

भारतको कानपुरमा ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत उत्तर प्रदेशको कानपुर ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन्।

ट्रयाक्टरको ट्रली घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा खसेर दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको भारतीय संचार माध्यामले जनाएका छन्।

कानपुरको जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले १४ जना महिला र बाँकी बालबालिकाको मृत्यु भएको जानकारी गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचार संस्था पीटीआईका अनुसार ट्रयाक्टरमा ५० जना सवार थिए। ट्याक्टरमा सवार सबैजना फतेहपुरको चन्द्रीका देवी मन्दिरमा मुन्डन (कपाल खौरीने) कार्यक्रममा सामेल भएर घाटमपुर फर्किरहेका थिए।

घटनास्थलमै १२ जनाको र अरुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ। प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले युद्धस्तरमा घटनास्थलमा उद्धार र राहतमा जोडिन निर्देशन दिइसकेका छन्।

राष्ट्रपति दोपद्री मुर्मुले घटना दुखद् भएको भन्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्। प्रधानमन्त्री मोदीले राष्ट्रिय राहत कोषबाट मृतकको परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार आर्थिक सहयोगको घोषणा पनि गरेका छन्।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ७ : ५५ बजे

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले