प्रसव पीडाकी महिलाको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

प्रसव पीडाकी महिलाको हेलिकप्टरमार्फत उद्धार


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- लामो प्रसव पीडामा छटपटाई रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्ककी २२ वर्षीय सीता तामाङको आज दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत तामाङलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ थापाथलीस्थित प्रसूति अस्पताल पठाइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले बताए ।

स्वास्थ्य संस्थाले असोज ११ गतेका लागि सुत्केरी हुने दिन तोकेको थियो । असोज १४ गते शुक्रबार प्रसव पीडा सुरु भएपछि वडा नं ३ स्थित राउतबेँसी स्वास्थ्य चौकी ल्याइएको थियो । स्वास्थ्य चौकीबाट सुत्केरी गराउन नसक्ने जानकारी शनिबार परिवारलाई जानकारी गराइएको थियो ।

परिवारको आग्रहअनुसार शनिबार स्वास्थ्य चौकीमा नै राखिएको राउतबेँसी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी कञ्चनमाला श्रेष्ठले बताए ।

आज एम्बुलेन्समार्फत थापाथली अस्पताल लैजान सम्भव नभएकाले तादी गाउँपालिकास्थित खरानीटाबाट उहाँको हेलिकप्टमार्फत उद्धार गरिएको हो । जिल्लाको १२ स्थानीय तहमध्ये दुप्चेश्वर गाउँपालिकामा मात्रै राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन भइरहेको छ ।

पूर्ण संस्थागत सुत्केरी दुप्चेश्वर निर्माणको अभियानलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको महत्वपूर्ण योगदान रहेको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । हालसम्म उक्त कार्यक्रममार्फत सातजनाले सेवा लिएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ५२ बजे

पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब

विश्वकपमा जापानको गोल वर्षा : ट्युनिसिया समूह चरणबाटै बाहिरियो

काठमाडौँ – विश्वकपको समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–०

कांग्रेस सभापति थापा रास्वपा महाधिवेशको उद्घाटन समारोहमा सहभागी हुने

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन चितवनमा

चितवन – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह शाह राष्ट्रिय स्वतन्त्र पार्टीको

एनसेल र ट्रिप टर्बोबीच सहकार्य : बस, आन्तरिक हवाई टिकटलगायतमा ८ हजारसम्म छुट

काठमाडौं– एनसेल ग्राहकले अब एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा