नेपाली क्रिकेट टोलीले मलेसियासँग दुई वटा टी–ट्वान्टी सिरिज खेल्ने « Khabarhub

नेपाली क्रिकेट टोलीले मलेसियासँग दुई वटा टी–ट्वान्टी सिरिज खेल्ने


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप एसिया टी–ट्वान्टी छनोट अघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग दुई वटा टी–ट्वान्टी सिरिज खेल्ने भएको छ ।

मलेसियन क्रिकेट बोर्डले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले मलेसियासँग जुलाई १३–१४ मा खेल्नेछ । नेपालले मलेसियासँग उसैको किनरारा ओभलमा दुई टी–ट्वान्टी शृङ्खला खेल्ने छ । आईसीसी विश्वकप टी–ट्वान्टी एसिया छनोट आगमी जुलाई २०–२८ सम्म सिंगापुरमा आयोजना हुँदैछ ।

यतिबेला नेपाली टोली सिंगापुरमा हुने विश्वकप एसिया छनोटको तयारीमा रहेको छ । उक्त प्रतियोगितामा नेपाल सहित सिंगापुर, कुवेत, मलेसिया र कतार भिड्नेछन् । प्रतियोगिताको विजेताले ग्लोबल छनोट खेल्न पाउने छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ८ : ०५ बजे

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी