सिट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै « Khabarhub

सिट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिट बाँडफाँडको टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएकाे छ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँड गरी उम्मेदवारी दिने विषयमा छलफल गर्न ३ बजे बस्ने बैठक बस्न लागेको हो ।  

झन्डै दुई महिना देखी जारी प्रयासले आज अन्तिमरूप लिने नेताहरूले बताएका छन । गठबन्धनको मुख्य सहयोगी जनता समाजवादी पार्टी, नेपालले गठबन्धन भन्दा बाहिर पनि विकल्प खोज्ने निर्णय गरेको केही दिनमा नै बसिरहेको बैठकले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पार्टीको नाम टुंगो लगाउने बुझिएको छ ।

हालसम्म नेपाली कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४४, नेकपा एकीकृत समाजवादीले १५, ,जनता समाजवादी पार्टीले १३ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने गरी छलफल भइरहेको नेताहरूले बताएका छन । यसै सेरोफेरोमा आज सहमति गराउन सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो । 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  १२ : ५७ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका