दसैँलाई आफ्नो गच्छे र संस्कृतिअनुसार मनाउन मुख्यमन्त्री शाहीकाे आग्रह « Khabarhub

दसैँलाई आफ्नो गच्छे र संस्कृतिअनुसार मनाउन मुख्यमन्त्री शाहीकाे आग्रह


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दसैँलाई भड्किलो एवं खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार मनाउन आग्रह गरेका छन् ।

विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विकृति र तडकभडकबाट टाढै राखेर दसैँ मनाउँदा यसको मौलिकता जोगिने बताएका छन् । मुख्यमन्त्री शाहीले दसैँले नेपाली समाजलाई एकताको सूत्रमा बाँधेको बताएका हुन् ।  ‘दसैँले व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्नुका साथै सामाजिक सद्भाव, एकता र भ्रातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन जान्छ । दसैँ नेपालीको ठूलो चाड भएकाले सबैमा सद्भाव, मेलमिलाप र भ्रातृत्व बढाउन यसको महत्वपूर्ण भूमिका रहेको छ । ‘

मुख्यमन्त्री शाहीले विजयादशमीले कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकारको ‘छ ब’ (बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार) लाई अघि बढाउन र सहकार्य तथा सरोकारको मूल कार्यनीतिलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल, सङ्घसंस्था, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्रलगायत आम कर्णालीवासीलाई प्रेरणा मिल्ने अपेक्षा गरे ।    

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ८ : ३६ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा