मुख्यमन्त्री राईद्वारा दशैँको शुभकामना « Khabarhub

मुख्यमन्त्री राईद्वारा दशैँको शुभकामना


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आम नेपालीहरूको महान चाड बडादसैँ–२०७९ को सुखद् अवसरमा प्रदेश नं १ सहित देश, विदेशमा रहेको सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायू एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

‘नेपाल विविध भाषा धर्म संस्कृतिले धनी देश हो । सबै जातजाति, समुदायको आ–आफ्ना चाडपर्व छन् । नेपालीहरूले खुसी र उमङ्गले मनाउने दसैँ एउटा ठूलो पर्व हो । हाम्रा जुनसुकै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण योगदान गरेका छन्।’ मुख्यमन्त्री राईले प्रकाशन गरेको शुभकामना वक्तव्यमा भनिएको छ ।

‘नेपालका सांस्कृतिक पर्वहरू आपसी सहिष्णुता र भावनात्मक एकताका प्रतीक रहेकाले पर्वहरूको मौलिकतालाई कायम राख्दै संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो ।’ उनले भनेका छन्।

उनले सो सन्देशमा भनेका छन्, ‘हाम्रा महत्वपूर्ण पर्वहरूका बीचमै आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न र संविधान, गणतन्त्र तथा सङ्घीयताको रक्षाका लागि लाग्न सबैसँग अपिल गर्दछु।’

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १२ : ०१ बजे

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना