काठमाडौँमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल « Khabarhub

काठमाडौँमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट घरमा ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आज राजधानीमा चहलपहल देखिएको छ ।

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो । निधारमा रातो टीका र कानमा जमरा लगाएका मानिस अन्यत्र टीका एवं आशीर्वाद थाप्न हिँड्न थालेका छन् ।

दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नगरेसम्म जारी रहन्छ । राजधानीमा मानिसको चहलपहल बढे पनि सार्वजनिक सवारी भने निकै कम चलेका छन् ।

थोरै मात्रामा चलेका सार्वजनिक सवारीमा कोचाकोच भएर यात्रा गर्न यात्रु बाध्य छन् । यस वर्षको दसैँमा झरी परेका कारण भने टीका एवं आशीर्वाद थाप्न हिँड्ने मानिस प्रभावित भएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ४ : २८ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि