डेनिस प्रधानमन्त्रीद्वारा नोभेम्बर १ का लागि आम निर्वाचनको घोषणा « Khabarhub

डेनिस प्रधानमन्त्रीद्वारा नोभेम्बर १ का लागि आम निर्वाचनको घोषणा


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले आगामी नोभेम्बर १ का लागि आम निर्वाचनको घोषणा गरेकी छिन् ।

सोसल डेमोक्रयाटिक नेताले एक पत्रकार सम्मेलनमा भनिन्, “मैले आज महारानीलाई फोल्केटिङको निर्वाचन गरिने जानकारी गराएकी छु ।” डेनमार्कमा संसद्लाई फोल्केटिङ भनिन्छ ।

सन् २०१९ को जुनयता सत्तामा रहेकी फ्रेडरिक्सनले डेनिस प्रणालीअन्तर्गत सन् २०२३ को जुनसम्ममा चुनाव घोषणा गर्नुपर्ने थियो ।

तर उनले अल्पमतको सरकारलाई समर्थन गर्ने एउटा सानो दलको चेतावनीको सामना गर्नुपरेको थियो र अक्टोबर ६ मा संसदको पहिलो बहस अघि नै चुनाव गराउन माग गरिएको थियो ।

हालैका सर्वेक्षणहरूले सोसल डेमोक्याट्सको नेतृत्वमा धेरै वामपन्थी पार्टीहरूको ‘रेड ब्लक’ लाई ४७ देखि ५० प्रतिशतको बीचमा मत दिएको छ, जबकि ‘ब्लू ब्लक’ को लागि ४९ देखि ५० प्रतिशत मत छ ।

ब्लु ब्लकमा लिबरल पार्टी, कन्जरभेटिभ पार्टी र तीन राष्ट्रवादी दक्षिणपन्थी पार्टीहरू समावेश छन् ।

ग्रीनल्याण्ड र फारो टापुका विदेशी सांसदहरूको समर्थन बिना डेनमार्कको संसद्मा कुनै पनि समूहको बहुमत पुग्दैन ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ६ : १७ बजे

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस