श्रीलंका ९ विकेटले पराजित « Khabarhub

श्रीलंका ९ विकेटले पराजित


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंका दक्षिण अफ्रिकासँग पराजित भएको छ ।

इंग्ल्याण्डको चेस्टरमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको २०४ रनको मध्यम लक्ष्य दक्षिण अफ्रिकाले ३७ ओभर २ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो ।

दक्षिण अफ्रिकाको जितमा कप्तान फाप डु प्लेसिस र हसिम अमलाले उत्कृष्ट इनिङ्स खेल्दै १७५ रनको साझेदारी गरे । प्लेसिसले अविजित रहदै ९६ रनको अर्धशतकीय इनिङ्स खेल्दा अमलाले ८० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्विनटन डी कक १५ रन बनाएर आउट भए ।

श्रीलंकाका लासिथ मालिंगाले १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर ३ बलमा अलआउट हुँदै २०३ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुशल परेरा र अभिस्का फर्नान्डोले समान ३०/३० रन बनाए । यस्तै धनन्जय डी सिल्भाले २४, कुशल मेन्डिसले २३ तथा थिसरा परेराले २१ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिस र ड्वाने प्रिट्रोरिओसले ३/३ विकेट लिए । कागीसो राबडाको नाममा २ विकेट रह्यो । जितसंगै दक्षिण अफ्रिकाले ८ खेलबाट ५ अंक जोडेको छ । तर, दक्षिण अफ्रिका प्रतियोगिताबाट यस अघि नै बाहिरिसकेको छ ।

श्रीलंकाले भने ७ खेलबाट ६ अंक जोडेको छ । यो हारसंगै श्रीलंकाको शीर्ष चारमा रहदै विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : ३० बजे

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा