श्रीलंका ९ विकेटले पराजित | Khabarhub Khabarhub

श्रीलंका ९ विकेटले पराजित


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंका दक्षिण अफ्रिकासँग पराजित भएको छ ।

इंग्ल्याण्डको चेस्टरमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको २०४ रनको मध्यम लक्ष्य दक्षिण अफ्रिकाले ३७ ओभर २ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो ।

दक्षिण अफ्रिकाको जितमा कप्तान फाप डु प्लेसिस र हसिम अमलाले उत्कृष्ट इनिङ्स खेल्दै १७५ रनको साझेदारी गरे । प्लेसिसले अविजित रहदै ९६ रनको अर्धशतकीय इनिङ्स खेल्दा अमलाले ८० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्विनटन डी कक १५ रन बनाएर आउट भए ।

श्रीलंकाका लासिथ मालिंगाले १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर ३ बलमा अलआउट हुँदै २०३ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुशल परेरा र अभिस्का फर्नान्डोले समान ३०/३० रन बनाए । यस्तै धनन्जय डी सिल्भाले २४, कुशल मेन्डिसले २३ तथा थिसरा परेराले २१ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिस र ड्वाने प्रिट्रोरिओसले ३/३ विकेट लिए । कागीसो राबडाको नाममा २ विकेट रह्यो । जितसंगै दक्षिण अफ्रिकाले ८ खेलबाट ५ अंक जोडेको छ । तर, दक्षिण अफ्रिका प्रतियोगिताबाट यस अघि नै बाहिरिसकेको छ ।

श्रीलंकाले भने ७ खेलबाट ६ अंक जोडेको छ । यो हारसंगै श्रीलंकाको शीर्ष चारमा रहदै विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : ३० बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना