लमजुङमा चुनावी चहलपहल बढ्यो | Khabarhub Khabarhub

लमजुङमा चुनावी चहलपहल बढ्यो


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा उम्मेदवारका आकांक्षी धेरै छन् । विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रत्यक्षतर्फ धेरै आकांक्षी छन् ।

मुख्य तीन दलले ३२ जनाको नाम सिफारिस गरेका छन् । प्रत्यक्षमा सिफारिस गर्दा महिला र पुरुषको अनुपात मिलाउन केन्द्रले भने पनि धेरैजसो पुरुष मात्र सिफारिसमा परेका छन् ।

नेकपा माओवादी केन्द्रले मात्र एक जना महिलालाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ । समानुपातिकमा भने जिल्लाबाट ६३ जनाभन्दा बढी उम्मेदवारको नाम सिफारिस भएको छ ।

जसमा अधिकांश महिला छन् । जिल्लाबाट सिफारिसमा परेकाहरु टिकटका लागि शीर्ष नेता रिझाउन राजधानी धाउन थालेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ७ : २६ बजे

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको