पहिरोले बेसिशहर चामे सडक अवरुद्ध « Khabarhub

पहिरोले बेसिशहर चामे सडक अवरुद्ध


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङ जाने एकमात्र बेसिशहर चामे सडक वर्षाका कारण बाढी पहिरोले अवरुद्ध भएको छ ।

बुधबार दिउसोदेखि मर्स्याङ्दी गाउँपालिका ४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको हो ।

अर्खलेबेंसीदेखि जगतसम्मको बाटो ठाउँठाउँमा पहिरो गएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेंसीसहर–चामे सडकको मनाङ खण्डमा पनि बाढी पहिरोले सडक क्षतविक्षत बनाएको छ ।

मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका ३, खोत्रोमा बाढीले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । बाढी पहिरोले बाटो बगाउने, पहिरो आउने र बगाउने गर्नाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु बिकका अनुसार बुधबार अपराह्न सवा ४ बजेतिर बेंसीसहर–चामे सडक खण्डको मर्स्याङ्दी गाउँपालिका ४ मा पर्ने अर्खले र जगतबीचको २ ठाउँमा माथिबाट पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मर्स्याङ्दी गाउँपालिकाको उत्तरी क्षेत्र साथै हिमाली जिल्ला मनाङको सिंगो बासिन्दाले सास्ती खेप्नु परेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । ‘पानी परिरहेको छ । सडक खुलाउन सकिरहेको छैन’ उनले भने । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले सडक खुलाउनको लागि प्रहरी सहित डोजर लगिएकोमा अबिरल वर्षाका कारण बाटो खुलाउन नसकिएको बताए ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ११ : ३० बजे

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ– अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको

आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

प्रतिनिधिसभा निर्वाचन ६४ दिन बाँकी, ६४ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

आज २०८२ साल पुस १६ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १६ गते बुधबार तदनुसार