मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुरको पुनर्वास नगरपालिकामा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पुनर्वास नगरपालिका–११ हुलाकी सडकमा से७प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीको धनगढी उप महानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र सोही मोटरसाइकलमा सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका २२ वर्षीय विशाल राना छन् ।

दुर्घटनामा परी घाइते भएका दुवै जनालाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो । दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  १ : ०२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको