अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सर्वसाधारणलाई सास्ती « Khabarhub

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सर्वसाधारणलाई सास्ती


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली- तीन दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा पहिरा जाँदा सर्वसाधारणले सास्ती पाएका छन् ।

अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न ठाउँमा गएको पहिराले सडक अवरुद्ध भएको थियो । अहिले सो राजमार्गमा पहिरो पन्छाएर एकतर्फी  सञ्चालनमा ल्याइएको छ ।

आज बिहानदेखि ठाउँठाउँमा गएको पहिराले सर्वसाधारण बाटोमै रोकिएका थिए । निरन्तर भइरहेको वर्षाका कारण जोखिम यथावत् नै छ ।

म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका तीन ठाउँमा गएको पहिराले सर्वसाधारणलाई यात्रामा समस्या भएको दमौली निवासी डा. शेषरमण न्यौपानेले जानकारी दिए। म्याग्दे –१ स्थित गुणादी, व्यास–४ स्थित मादी पुल र व्यास –१२ स्थित घाँसीकुवामा गएको पहिराका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए।

उनका अनुसार गुणादीमा पहिरा पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ भने घाँसीकुवामा दुईतर्फी नै सडक सञ्चालन भएको छ । मादी पुल नजिक लेदोसहितको खसेको पहिरा पन्छाउने काम भइरहेको छ । निरन्तर वर्षा भइरहेकाले जोखिमको सम्भावना कायमै रहेको छ । पहिरा जान सक्ने सम्भावना भएकाले पहिरा पन्छाउन टोली तयारीमा अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरुद्ध छन् । वर्षाका कारण सडक अवरुद्ध हुँदा दसैँको टीका लगाउन जानेहरू मर्कामा परेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ११ : २७ बजे

अल्झन, आरोप प्रत्यारोपबीच सिरियाको सङ्क्रमणकालको एक वर्ष पूरा

जेनेभा – सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्षसम्म

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा – दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु

ढाका–  बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको

सरकारले जेन-जी अगुवाको सरोकारलाई सकारात्मक रुपमा सम्बोधनको पहलकदमी लिन्छ : मन्त्री अर्याल 

काठमाडौं– जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल