प्रयोग गर्न नजाने परफ्युमबाट असरैअसर, थाहा पाउनुहोस कसरी प्रयोग गर्ने « Khabarhub

प्रयोग गर्न नजाने परफ्युमबाट असरैअसर, थाहा पाउनुहोस कसरी प्रयोग गर्ने


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-शरीरबाट आउने पसिनाले दुर्गन्धित बन्ने शरीरलाई सुगन्ध भर्न प्रयोग गरिने परफ्युम प्रयोगमा ध्यान नदिए त्यसले हामीलाई फाइदाको साटो घाटामात्र पुर्‍याउने गर्दछ ।

परफ्युमले मानिसलाई गन्धरहित बनाएपनि यसको जथाभावी प्रयोगले शरीरमा असर गर्न सक्छ । त्यसैले बेलैमा सचेत हुन आवश्यक छ ।

हातमा लगाएर रगडेर परफ्युमको प्रयोग गर्दा बास्नामा कमी आउनका साथै लामो समयसम्म नटिक्न सक्छ । त्यसैले यो काममा सावधानी अपनाउन जरुरी छ । त्यस्तै कपडा र गहनामा परफ्युम लगाउने गर्नु भएको छ भने आजैबाट त्यो बानी सुधार गर्नुहोस् । कपडा वा गहनामा परफ्युमको प्रयोग गर्नाले त्यसले सुगन्धको ठाउँमा दुर्गन्ध बढाउँछ अनि कपडा र गहना नै बिग्रन्छ ।

परफ्युमको प्रयोग काखीमुनि नगर्नु नै राम्रो मानिन्छ । प्रयोग भएमा एलर्जी हुने, चिलाउने र पोल्ने समस्या उत्पन्न हुन्छ । कानको पछाडि परफ्युमको प्रयोग गर्दा पनि समस्या हुने गरेको पाइएको छ । परफ्युममा भएको केमिकल र अल्कोहलले छालालाई झनै धेरै सुख्खा बनाउँछ । जसले कानमा समस्या देखिन सक्छ ।

त्यसैगरि कपालमा परफ्युमको प्रयोग भए झर्ने सम्भावना बढ्ने गरेको छ । कतिपय मानिसहरूले कपालमा पनि परफ्युमको प्रयोग गर्ने गर्छन् तर यस्तो गर्नु कपालको लागि खतरनाक साबित हुन सक्दछ । परफ्युममा अल्कोहल मिसिएको हुन्छ जसको प्रयोगले कपाल सुख्खा हुने र टुक्रिने गदछ ।

त्यसैले शरीरलाई वास्नादार बनाउनका लागि प्रयोग गरिने परफ्युममा ध्यान दिएर शरीरका संवेदशील अंगमा यसको प्रयोग गर्नु हुँदैन ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ८ : ३६ बजे

गृहमा सुदनलाई पठाएर डीपीलाई सभामुख बनाउने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्।

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ खर्बको आयात

वीरगञ्ज – चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै

स्वास्थ्य क्षेत्रमा कार्की आयोगको चासो- ‘विशिष्ट व्यक्तिको उपचारमा राज्यकोषको दुरुपयोग रोकौं’

जेन–जी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह नेपालको नयाँ

भीरबाट लडेर वडासदस्यको मृत्यु

गोदावरी– चुरे गाउँपालिका–५ भासु गाउँमा भीरबाट लडेर वडासदस्यको मृत्यु भएको