गाउँघरमा सुनिँदैन नगराको धुन | Khabarhub Khabarhub

गाउँघरमा सुनिँदैन नगराको धुन


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

लमजुङ– दसैँका बेला बज्ने नगराको धुन अहिले गाउँघरमा सुन्न पाइँदैन । दसैँ सुरु हुनासाथ गाउँघरमा डुमडुम आवाज सुनिन्थ्यो । घटस्थापनादेखि पूर्णिमासम्म घर-घरमा डुलेर नगरा लगाउने चलन थियो। 

बेँसीसहर नगरपालिका– ५ का शमशेर थापाले यस वर्ष गाउँघरमा नगराको धुन सुन्न नपाएको बताए । उनलाई दसैँको वेला ‘नगराको धुन’ सुन्न नपाउँदा केही खल्लो महसुस भएको छ । उनले भने, ‘केही वर्षअघिसम्म घटस्थापना सुरु भएदेखि नै गाउँघरमा नगरा लगाउँथे । नहरा लगाउँदा दमाहाको धुनले दसैँ आएको आभाष गराउँथ्यो । अहिले त नगराको धुन सुन्नै पाइँदैन । दसैँ नै सुनसान भएको छ ।’

दसैँको वेला नगरा लगाएको घरमा सुखशान्ति छाउने धार्मिक विश्वास पनि रहिआएको छ । दसैँको बेलामा परियार समुदायका मान्छेले घरघरमा पुगी दमाहा बजाएर लगाउने नगरा प्रथा पछिल्लो समय हराउँदै गएको हो । हिन्दु धर्मसंस्कृतिसँग जोडिएको नगरा लगाउने प्रथा पछिल्लो समय हराउँदै गएको छ । 

युवा पुस्ताले चासो नदिने र नगरा लगाउनेलाई समाजले राम्रो नजरले नहेरेका कारण यो प्रचलन बिस्तारै हराउँदै गएको बेँसीसहर नगरपालिका-११ चितीका धनबहादुर परियारको अनुभव छ । ‘अहिलेका ठिटाहरू बाजा बजाउनै लाज मान्छन् । नगरा लगाउनेलाई समाजले खासै राम्रो पनि मान्दैन ।’

दमाहा बजाएर नगरा लगाउँदा दमाहाको धुनले सुतेकी देवी पनि ब्युँझने, प्रसन्न हुने र नगरा लगाएको घरमा सुखशान्ति, समृद्धि छाउने जनविश्वास छ । 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १ : ५५ बजे

देउवाले भने- अन्तरिम सरकारले दलहरूसँग सहकार्य गर्न खोजेको देखिएन

काठमाडौँ- गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास

बलिउड स्टार काजोल किन परिन् आलोचनाको भुङ्ग्रोमा ?

काठमाडौं– हालै दिएको एक टिप्पणीका कारण बलिउडकी चर्चित अभिनेत्री काजोल

देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै

काठमाडौँ- गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास

उद्योग–व्यवसाय चलायमान बनाउन बूढानीलकण्ठ नगरद्वारा पहल

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थामा उद्योग–व्यवसाय चलायमान बनाउने विषयमा बूढानीलकण्ठ नगरपालिकाले

जुम्ला पुगे चिरीबाबु

जुम्ला– ललितपुर महानगरका मेयर चिरीबाबु महर्जसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन्