गाउँघरमा सुनिँदैन नगराको धुन « Khabarhub

गाउँघरमा सुनिँदैन नगराको धुन


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

लमजुङ– दसैँका बेला बज्ने नगराको धुन अहिले गाउँघरमा सुन्न पाइँदैन । दसैँ सुरु हुनासाथ गाउँघरमा डुमडुम आवाज सुनिन्थ्यो । घटस्थापनादेखि पूर्णिमासम्म घर-घरमा डुलेर नगरा लगाउने चलन थियो। 

बेँसीसहर नगरपालिका– ५ का शमशेर थापाले यस वर्ष गाउँघरमा नगराको धुन सुन्न नपाएको बताए । उनलाई दसैँको वेला ‘नगराको धुन’ सुन्न नपाउँदा केही खल्लो महसुस भएको छ । उनले भने, ‘केही वर्षअघिसम्म घटस्थापना सुरु भएदेखि नै गाउँघरमा नगरा लगाउँथे । नहरा लगाउँदा दमाहाको धुनले दसैँ आएको आभाष गराउँथ्यो । अहिले त नगराको धुन सुन्नै पाइँदैन । दसैँ नै सुनसान भएको छ ।’

दसैँको वेला नगरा लगाएको घरमा सुखशान्ति छाउने धार्मिक विश्वास पनि रहिआएको छ । दसैँको बेलामा परियार समुदायका मान्छेले घरघरमा पुगी दमाहा बजाएर लगाउने नगरा प्रथा पछिल्लो समय हराउँदै गएको हो । हिन्दु धर्मसंस्कृतिसँग जोडिएको नगरा लगाउने प्रथा पछिल्लो समय हराउँदै गएको छ । 

युवा पुस्ताले चासो नदिने र नगरा लगाउनेलाई समाजले राम्रो नजरले नहेरेका कारण यो प्रचलन बिस्तारै हराउँदै गएको बेँसीसहर नगरपालिका-११ चितीका धनबहादुर परियारको अनुभव छ । ‘अहिलेका ठिटाहरू बाजा बजाउनै लाज मान्छन् । नगरा लगाउनेलाई समाजले खासै राम्रो पनि मान्दैन ।’

दमाहा बजाएर नगरा लगाउँदा दमाहाको धुनले सुतेकी देवी पनि ब्युँझने, प्रसन्न हुने र नगरा लगाएको घरमा सुखशान्ति, समृद्धि छाउने जनविश्वास छ । 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १ : ५५ बजे

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।

धनगढीमा डा. गोविन्द केसीले सुरु गरे २४औँ सत्याग्रह

धनगढी– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सुदूरपश्चिमको धनगढीबाट आफ्नो

‘संस्थापन इतरका नेताको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भयो’

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संस्थापन इतर

कोशीमा ७४ प्रतिशत धान रोपाइँ

विराटनगर– कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कूल ७३ दशमलव

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको