लोप हुँदै मखान खेती « Khabarhub

लोप हुँदै मखान खेती


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– तराई मधेसअन्तर्गत पर्ने सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका मानिएको मखान खेती महोत्तरीबाट लोप हुन थालेको छ । कुनै समय मखान खेतीका लागि उर्वर भूमि मानिएको महोत्तरी जिल्लाका पोखरीमा विगत केही दिनदेखि मखान खेती गर्न छोडिएको छ । बदलिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका सयौँ पोखरीमा माछापालन गर्न थालेपछि जिल्लाबाट मखान खेती लोप हुन थालेको जानकारहरू बताउँछन् ।

जिल्लामा चाडबाड, पर्व त्यौहार, पूजाआजा, विवाह व्रतबन्ध जस्ता शुभ कार्य होस् कि मनुष्य मात्रको मृत्यु र श्राद्ध कर्म समेतमा मिथिलामा मखानको नानाविधि प्रयोग हुँदै आएको छ । मखान जहाँ व्यवसायीहरूका लागि राम्रो आयआर्जन गर्ने माध्यम बनेको छ त्यही मिथिलाको संस्कृति जोगाउने उपक्रम पनि रहेको संस्कृतिविद् बताउँछन् । निकै मीठो खाद्य पदार्थका रुपमा रहेको मखान भारतबाट समेत आयातीत हुन थालेकाले राज्यलाई व्यापक घाटा भइरहेको छ । यसकारण जिल्लाको मलाह जातिको रोजगारीसमेत घट्दै गएको मलाह जातिका नेता रामविशेष मुखिया जानकारी दिए ।

 केही वर्षअघि सम्म मात्रै मखानको बजारमा वृद्धि हुन थालेपछि उनीहरु मखान खेती गरी राम्रो आम्दानी लिन अग्रसर भएका थिए । तर किसानहरू बढ्दो आम्दानीका लागि पोखरीहरुमा माछापालन गर्न थालेपछि सो खेती लोप हुन थालेपछि उनीहरूको पेसा संकटमा परेको मलाह जातिकै अर्का नेता तथा अगुवा विजय मुखियाले बताए । विशेषगरी पोखरी तलाउमा गरिने मखान खेतीमा सुरुमा केही मेहनत र खर्च गर्नु परे पनि पछि थोरै मेहनतमा प्रशस्त आयआर्जन गर्न सकिने भएकाले पनि यहाँका मलाह जातिहरु मखान खेतीतर्फ दिन प्रतिदिन आकर्षित भएका थिए । तर अहिले यस पेसाप्रति किसानहरू उदासीन देखिएका छन् । 

मखान पोखरीभित्र तयार भएपछि मलाह जातिले पोखरीमा डुबुल्की लगाएर कठिन रुपमा पानी बाहिर निकाली घाममा सुकाई आगोमा भुटेर लावा तयार गरी बेच्ने चलन रहेकामा अहिले ती क्रियाकलापहरू देखिन छोडिएको छ ।

मखान खेती जिल्लाको सदरमुकाम जलेश्वरसहित मटिहानी, सिमरदही, धिरापुर, आवर, रामगोपालपुर, हरिहरपुर हरिनमरीलगायत दर्जनौँ गाउँमा करिब दुई सय ५० भन्दा बढी पोखरीमा गरिन्थ्यो भने अहिले कहीँ कहीँ धेरथोर रुपमा मात्रै हुने गरेको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताए। 

सम्पूर्ण मिथिलामा कोजाग्रत पूर्णिमाका दिन हजारौँ किलो मखानको बिक्री हुने गर्दछ भने दीपावली र छठ पर्वलगायत विभिन्न पूजापाठमा पनि मखानको विशेष महत्व र प्रयोग रहेकाले यस समयमा मखान अत्यधिक रुपमा बिक्री हुने गर्दछ । महोत्तरीमा पछिल्लो दिनमा मखान खेतीमा कमी आएपछि आउँदा दिनमा यस क्षेत्रमा मखानको अभाव हुने र यसबाट जिल्लाावासीमा नराम्रो असर पर्ने सर्वसाधारणको बुझाइ रहेको छ ।

यसैबीच संस्कृतिप्रेमीहरुले मखान खेतीको जगेर्ना गर्नुपर्ने, संरक्षण र संवर्द्धन गर्नुपर्ने तथा यस खेती गर्न चाहने पेसाकर्मीलाई सरकारी अनुदानको समेत व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् । 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  २ : २४ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ