लोप हुँदै मखान खेती | Khabarhub Khabarhub

लोप हुँदै मखान खेती


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– तराई मधेसअन्तर्गत पर्ने सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका मानिएको मखान खेती महोत्तरीबाट लोप हुन थालेको छ । कुनै समय मखान खेतीका लागि उर्वर भूमि मानिएको महोत्तरी जिल्लाका पोखरीमा विगत केही दिनदेखि मखान खेती गर्न छोडिएको छ । बदलिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका सयौँ पोखरीमा माछापालन गर्न थालेपछि जिल्लाबाट मखान खेती लोप हुन थालेको जानकारहरू बताउँछन् ।

जिल्लामा चाडबाड, पर्व त्यौहार, पूजाआजा, विवाह व्रतबन्ध जस्ता शुभ कार्य होस् कि मनुष्य मात्रको मृत्यु र श्राद्ध कर्म समेतमा मिथिलामा मखानको नानाविधि प्रयोग हुँदै आएको छ । मखान जहाँ व्यवसायीहरूका लागि राम्रो आयआर्जन गर्ने माध्यम बनेको छ त्यही मिथिलाको संस्कृति जोगाउने उपक्रम पनि रहेको संस्कृतिविद् बताउँछन् । निकै मीठो खाद्य पदार्थका रुपमा रहेको मखान भारतबाट समेत आयातीत हुन थालेकाले राज्यलाई व्यापक घाटा भइरहेको छ । यसकारण जिल्लाको मलाह जातिको रोजगारीसमेत घट्दै गएको मलाह जातिका नेता रामविशेष मुखिया जानकारी दिए ।

 केही वर्षअघि सम्म मात्रै मखानको बजारमा वृद्धि हुन थालेपछि उनीहरु मखान खेती गरी राम्रो आम्दानी लिन अग्रसर भएका थिए । तर किसानहरू बढ्दो आम्दानीका लागि पोखरीहरुमा माछापालन गर्न थालेपछि सो खेती लोप हुन थालेपछि उनीहरूको पेसा संकटमा परेको मलाह जातिकै अर्का नेता तथा अगुवा विजय मुखियाले बताए । विशेषगरी पोखरी तलाउमा गरिने मखान खेतीमा सुरुमा केही मेहनत र खर्च गर्नु परे पनि पछि थोरै मेहनतमा प्रशस्त आयआर्जन गर्न सकिने भएकाले पनि यहाँका मलाह जातिहरु मखान खेतीतर्फ दिन प्रतिदिन आकर्षित भएका थिए । तर अहिले यस पेसाप्रति किसानहरू उदासीन देखिएका छन् । 

मखान पोखरीभित्र तयार भएपछि मलाह जातिले पोखरीमा डुबुल्की लगाएर कठिन रुपमा पानी बाहिर निकाली घाममा सुकाई आगोमा भुटेर लावा तयार गरी बेच्ने चलन रहेकामा अहिले ती क्रियाकलापहरू देखिन छोडिएको छ ।

मखान खेती जिल्लाको सदरमुकाम जलेश्वरसहित मटिहानी, सिमरदही, धिरापुर, आवर, रामगोपालपुर, हरिहरपुर हरिनमरीलगायत दर्जनौँ गाउँमा करिब दुई सय ५० भन्दा बढी पोखरीमा गरिन्थ्यो भने अहिले कहीँ कहीँ धेरथोर रुपमा मात्रै हुने गरेको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताए। 

सम्पूर्ण मिथिलामा कोजाग्रत पूर्णिमाका दिन हजारौँ किलो मखानको बिक्री हुने गर्दछ भने दीपावली र छठ पर्वलगायत विभिन्न पूजापाठमा पनि मखानको विशेष महत्व र प्रयोग रहेकाले यस समयमा मखान अत्यधिक रुपमा बिक्री हुने गर्दछ । महोत्तरीमा पछिल्लो दिनमा मखान खेतीमा कमी आएपछि आउँदा दिनमा यस क्षेत्रमा मखानको अभाव हुने र यसबाट जिल्लाावासीमा नराम्रो असर पर्ने सर्वसाधारणको बुझाइ रहेको छ ।

यसैबीच संस्कृतिप्रेमीहरुले मखान खेतीको जगेर्ना गर्नुपर्ने, संरक्षण र संवर्द्धन गर्नुपर्ने तथा यस खेती गर्न चाहने पेसाकर्मीलाई सरकारी अनुदानको समेत व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् । 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  २ : २४ बजे

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी,

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी

सरेबुङ पासबाट सम्पर्कविहीन सबै पदयात्री सुरक्षित

मुस्ताङ- यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका

कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट गर्ने पक्राउ

गण्डकी – गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा