प्रवासको पीडा समेटिएको कविता संग्रह लोकार्पण | Khabarhub Khabarhub

प्रवासको पीडा समेटिएको कविता संग्रह लोकार्पण


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-गैरआवासीय नेपाली तथा डयास्पोरा साहित्यकारहरुका सिर्जना समेटेर लेखिएको कविता संग्रह लोकार्पण भएको छ । कवि किशनसिंह धामी सम्वद्ध तारा–किशन फाउण्डेसनले कविता संग्रह प्रकाशन गरेको हो।

यो प्रकाशनलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बरिष्ठ साहित्यकार गंगाप्रसाद उप्रेतीले लोकार्पण गरे ।

लोकार्पण गर्दै कुलपति उप्रेतीले कवि धामीको प्रसंसा गरे । प्रवासको दुख, पीडा र भोगाईलाई सिर्जनामा उतार्न अहोरात्र खटिने धामी कहिल्यै नथाक्ने साहित्य अभियान्ता भएको चर्चा गर्दै कुलपति उप्रेतीले विभिन्न व्यवस्तताका वापजुत पनि साहित्य सिर्जना गर्नु चूनौतीपूर्ण काम भएको बताए ।

सोही अवसरमा कवि धामीको एकल प्रयासमा संकलन गरिएको एकलाख पाँचहजार रुपियाँ आर्थिक सहयोग दार्चुलाको वादी समूदायलाई प्रदान गरिएको छ ।

‘गाँस, वास, कपासको अभावबाट कोही कसैले अकालमै ज्यान गुमाउनु नपरोस’ भन्ने लक्ष्यका साथ यो अभियान चलाएको कवि धामीले बताए । बाल्यकालमा आफूले भोगेको दुख र पीडा अरु बालबालिकाले नभोगुन भनेर आर्थिक सहयोग गरेको हुनले बताए ।

सो सहयोग रकम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले नेपाल पत्रकार महासंघ दार्चुला शाखाका सभापति शंकरसिंह धामीलाई प्रदान गरेका थिए ।

बैतडी र दार्चुलाको सीमाना गोकुलेश्वरमा रहेको २४ घरपरिवार वादी मसुदायलाई रकम प्रदान गरिएको छ । न्यूयोर्क कवि र कविता संग्रहको समीक्षा गर्दै डा. शान्ति गिरीले कवि किशनसिंह र साहितियक पत्रकार ब्याकुल पाठकको कार्यको प्रशंसा गरे ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ९ : १८ बजे

कैलाश मानसरोवर दूरदर्शन सुरु

हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश

माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठक

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण गरिँदै

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती

तनहुँ– तनहुँको घिरिङ गाउँपालिका– ४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब

क्रिकेट खेलाडीलाई प्रधानमन्त्री ओलीको बधाई 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय