गोरखाबाट चुनाव जित्न प्रचण्डलाई बाबुरामको शुभकामना « Khabarhub

गोरखाबाट चुनाव जित्न प्रचण्डलाई बाबुरामको शुभकामना


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शानदार जीतको शुभकामना दिएका छन्।

प्रचण्डले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने निर्णय गरेसँगै मध्यरातमा ट्विट गर्दै भट्टराईले सो निर्णयको अन्त हृदयदेखि नै स्वागत गरेको बताएका छन्।

‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यस पटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्याशी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहाँको उम्मेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। वहाँको शानदार विजयको हार्दिक शुभकामना!’ भट्टराईले लेखेका छन्।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : २७ बजे

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित

अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना