कोटेश्वर पुगेर प्रधानमन्त्रीले रुख रोपे « Khabarhub

कोटेश्वर पुगेर प्रधानमन्त्रीले रुख रोपे


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडक खण्डमा आज वृक्षरोपण गरेका छन् । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षरोपणको शुभारम्भ गरेका हुन् । वृक्षरोपण गर्दै उनले यसबाट काठमाडौँ उपत्यकलाई हराभरा पार्न मद्दत पुग्ने बताए।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा विभागीय मन्त्री शक्तिबहादुर वस्नेत, गहृ मन्त्री रामबहादुर थापा, अर्थ मन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललगायतले वृक्षरोपण गरेका छन् ।

चालु आर्थिक वर्ष २०७५/७६ मा कोटेश्वरदेखि कलङ्कीसम्मको सडक खण्डमा ठाउँ ठाउँमा १० प्रकारका दुई हजार सात सय बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ । देशभर चालु आवमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोपिने बताइएको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  १० : २७ बजे

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र