लगातारको वर्षाले बागलुङका दुई विद्युत् आयोजना अवरुद्ध « Khabarhub

लगातारको वर्षाले बागलुङका दुई विद्युत् आयोजना अवरुद्ध


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागलुङ – पाँच दिनदेखिको निरन्तर वर्षाका कारण बागलुङको निसीखोला गाउँपालिकाका दुईवटा जलविद्युत् आयोजनामा क्षति हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । निसीखोला –४ र ५ मा रहेका विद्युत् आयोजनामा बाढी पस्दा र पहिराले नहर बगाउँदा अवरुद्ध भएको हो ।

निसीखोला पहिलो लघुजलविद्युत् आयोजनाको विद्युत् गृहमा बाढी बसेर अवरुद्ध बनेको स्थानीय मनबहादुर घर्ती मगरले जानकारी दिए । निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भने नहर भत्किएपछि अवरुद्ध भएको आयोजनाका व्यवस्थापक रामप्रसाद चालिसेले बताए । उनकाअनुसार वर्षाको कारण विद्युत् सञ्चालनमा ल्याउन समस्या भएको छ । पहिराले नहर जोखिममा पर्दा बित्तिकै बनाउन सुरु गरे पनि अझै पाँच दिन विद्युत् सञ्चालन गर्न नसकिने अवस्था रहेको छ।

‘पहिराले नहर बगाउन थालेदेखि नै काम सुरु गरेका हौँ, तर वर्षाले गर्दा काम गर्न दिएन, तै पनि विद्युत् छिटो सञ्चालनमा ल्याउनका लागि कामदारहरु खटाइराखेका छौँ’, उनले भने, ‘विद्युत् सञ्चालनमा आउन अझै पाँच दिन लाग्न सक्छ, कुना पट्टिबाट नयाँ नहर बनाउनुपर्ने भएको छ, त्यसले गर्दा केही दिन ढिला हुने देखिन्छ ।’

दुईवटा विद्युत् आयोजना अवरुद्ध हुँदा यहाँका दर्जनौँ साना तथा घरेलु उद्योगहरु ठप्प भएका छन् । विद्युत् अवरुद्ध भएपछि दसैँसमेत खल्लो भएको स्थानीयको भनाइ छ । निसीखोला पहिलो लघुजलविद्युत् आयोजनाको भने विद्युत् गृहभित्र बाढीसहित पसेको लेदो सफा गर्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

दुई विद्युत् आयोजना अवरुद्ध हुँदा निसीखोला गाउँपालिका–३, ४ र ५ का करिब १० हजार नागरिक अन्धकारमा बस्न बाध्य भएको व्यवस्थापक चालिसेले जनाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १० : १० बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र