मनाङबाट ९ जनाको उम्मेदवारी दर्ता, दीपक मनाङेलाई गठबन्धनको समर्थन « Khabarhub

मनाङबाट ९ जनाको उम्मेदवारी दर्ता, दीपक मनाङेलाई गठबन्धनको समर्थन


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

लमजुङ – हिमाली जिल्ला मनाङमा प्रदेशसभा र प्रतिनिधि सभामा गरी प्रत्यक्षतर्फ ९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जिल्लाका एक प्रतिनिधि सभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कुल ६ हजार सात सय ७९ मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका पोल्देन छोपाङ गुरुङ, नेपाली कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङले उम्मेदवारी दिएका छन्।

प्रदेश सभा ‘क’ मा एमालेका राजन गुरुङ, गठबन्धनको समर्थनमा माओवादी केन्द्रका कपिल लामा, कांग्रेसका मुनिन्द्र जङ गुरुङ र राप्रपाका मिथेल डेन्डु लामाको उम्मेदवारी परेको छ ।

त्यसैगरी प्रदेश सभा ‘ख’ मा गठबन्धनको समर्थनमा राजिव गुरुङ र एमालेको समर्थनमा दोर्जे लामा गुरुङको स्वतन्त्र उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनको प्रदेश सरकारमा रहेका राजीव गुरुङ (दीपक मनाङे)ले गठबन्धनको समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ०० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन