आकाशियो तरकारीको मूल्य « Khabarhub

आकाशियो तरकारीको मूल्य


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पादकत्वमा निकै कमी आउँदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ ।
धनगढी उपमहानगरपालिका-२ स्थित रामजानकी सब्जीमण्डी तरकारी किन्न आएका शिवराज जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको बताए। निरन्तर वर्षा हुन थालेपछि तरकारीको भाउँ बढेको उनको अनुमान छ । झण्डै एकसाता देखिको अविरलका वर्षाका कारण विभिन्न स्थानबाट तरकारी गन्तव्य ठाउँमा पुग्न नसकेकाले तरकारीको मुख्य बढेको तरकारी व्यवसायीको भनाइ छ । वर्षाले तरकारी उत्पादनमा कमी आएको उनीहरूले बताएका छन् । 

वर्षाले विभिन्न स्थानबाट आउने तरकारी बजारमा पुग्न नसकेको कारण बजारमा ताजा तरकारी पाउन मुस्किल भएको छ । तरकारी बजारमा अहिले हरियो साग प्रतिकिलो एक सय ४०, काउँली प्रतिकिलो एक सय २०, आलु ५०,  टमाटर प्रतिकिलो एक सय, लौका ८०, काक्रा प्रतिकिलो एक सयमा बिक्री भइरहेको छ । वर्षाअघि धनगढीमा हरियो साग प्रतिकिलो ९०-१००, काक्रा प्रतिकिलो ६०, टमाटर ८०, काउली ९० र लौका ४० मा बिक्री भइराखेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ०९ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन