आकाशियो तरकारीको मूल्य « Khabarhub

आकाशियो तरकारीको मूल्य


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पादकत्वमा निकै कमी आउँदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ ।
धनगढी उपमहानगरपालिका-२ स्थित रामजानकी सब्जीमण्डी तरकारी किन्न आएका शिवराज जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको बताए। निरन्तर वर्षा हुन थालेपछि तरकारीको भाउँ बढेको उनको अनुमान छ । झण्डै एकसाता देखिको अविरलका वर्षाका कारण विभिन्न स्थानबाट तरकारी गन्तव्य ठाउँमा पुग्न नसकेकाले तरकारीको मुख्य बढेको तरकारी व्यवसायीको भनाइ छ । वर्षाले तरकारी उत्पादनमा कमी आएको उनीहरूले बताएका छन् । 

वर्षाले विभिन्न स्थानबाट आउने तरकारी बजारमा पुग्न नसकेको कारण बजारमा ताजा तरकारी पाउन मुस्किल भएको छ । तरकारी बजारमा अहिले हरियो साग प्रतिकिलो एक सय ४०, काउँली प्रतिकिलो एक सय २०, आलु ५०,  टमाटर प्रतिकिलो एक सय, लौका ८०, काक्रा प्रतिकिलो एक सयमा बिक्री भइरहेको छ । वर्षाअघि धनगढीमा हरियो साग प्रतिकिलो ९०-१००, काक्रा प्रतिकिलो ६०, टमाटर ८०, काउली ९० र लौका ४० मा बिक्री भइराखेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ०९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका