रुसी आक्रमणमा थप ११ युक्रेनीको मृत्यु « Khabarhub

रुसी आक्रमणमा थप ११ युक्रेनीको मृत्यु


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युक्रेनमा सोमबार भएको रूसी आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको राष्ट्रिय प्रहरी सेवाले जनाएको छ ।

‘युक्रेनको भूमिमा रुसी महासंघले गरेको क्षेप्यास्त्र आक्रमणका कारण अहिलेसम्म कम्तीमा ११ जनाको मृत्यु भएको छ भने करिब ६० जना घाइते भएका छन्,’ राष्ट्रिय प्रहरी सेवाले फेसबुकमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

युक्रेनको राजधानी कीभमा सोमबार बिहानै रूसले आक्रमण गरेको थियो ।कीभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणमा परी राजधानीमा मात्र कम्तीमा ५ जनाको मृत्यु भएको छ ।

‘कीभमा रकेट आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । ५१ जना घाइते भएका छन् । तीमध्ये ४२ जनालाई अस्पताल भर्ना गरिएको छ,’ क्लिट्स्कोले सामाजिक सञ्जालमार्फत सार्वजनिक एक भिडियोमा भनेका छन् ।

युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलका अनुसार सोमबारको आक्रमणमा कीभ र आठ क्षेत्रमा ११ वटा महत्वपूर्ण पूर्वाधार संरचनामा क्षति पुगेको छ ।

मस्कोले कीभलाई दोषी ठह¥याएको रसिया र क्रिमिया जोड्ने पुलमा ठूलो विस्फोट र क्षति भएको दुई दिनपछि युक्रेनको सेनाले रुसले युक्रेनमा ८४ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : ०७ बजे

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६