सभामुख महराको चिन्ता– माफियाहरुले देशै हडप्न खोजे « Khabarhub

सभामुख महराको चिन्ता– माफियाहरुले देशै हडप्न खोजे


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख कृष्ण बहादुर महराले माफियाहरुले देश नै हडप्न खाजेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिका– ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा राष्ट्रिय वृक्षरोपण तथा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही मान्छेहरुले देशै हड्प्न खोजेको बताए ।

सार्वजनिक जग्गा, वन, पोखरी , सामुदायिक वन लगायत प्राकृतिक सम्पदाहरु व्यक्तिले हडप्ने प्रयास भइरहेको उल्लेख गर्दै महराले भने, ‘त्यत्ति मात्रै नभई केही मान्छेहरु देशै हडप्न लागेका छन् ।’ उनले यस्तो प्रवृतिलाई ‘राजनीतिक प्रदुषण’ को संज्ञा पनि दिए ।

‘प्रदुषण राजनीतिमा पनि छ । अहिले भर्रखरै यो सामुदायिक कुनै व्यक्तिको नाममा हडप्न खोजेको सुनियो । देशै हडप्न खोजेका छन् केही मान्छेहरुले । माफियाहरुले । यो राजनीतिक प्रदुषण हो,’ सभामुख महराले भने ।

सभामुख महराले व्यक्तिका नाममा गएका सार्वजनिक जग्गा, वन , पोखरी लगायत सम्पत्तिलाई समुदायको नाममा फर्काउने ठूलो अभियान सरकारले शुरु गरिसकेको पनि बताए ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ३ : २४ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी