विप्लव नेतृत्वको नेकपाको नवौँ महाधिवेशन उद्घाटन आज « Khabarhub

विप्लव नेतृत्वको नेकपाको नवौँ महाधिवेशन उद्घाटन आज


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुलुक आमनिर्वाचनमा होमिरहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ।

चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आज कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ। काठमाडौँमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो। कपिलवस्तु चन्दको गृह जिल्ला पनि हो।

सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्नेछन्। मध्याह्न १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने सो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु आउने क्रममा जारी रहेको छ। सो महाधिवेशनमा कति प्रतिनिधि रहन्छन् भन्ने खुलाइएको छैन।

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रबाट अलग्गिएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द सो पार्टी पनि विभाजन गरी नेकपा गठन गरेका थिए। तीन वर्ष अघि शान्ति प्रक्रियामा आएका चन्दको पार्टी पनि विभाजन भए पछि पहिलो पटक नयाँ कार्यदिशा निर्माण गर्ने तथा ४ मंसिरमा हुन गइरहेको निर्वाचनबारेमा धारणा बनाउने भएकाले चासोको रूपमा हेरिएको छ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : ५१ बजे

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका