विश्व इतिहासमा आज : अन्तरिक्षमा हिँड्ने महिलादेखि ब्रिटिस-आइरिस युद्धसम्म « Khabarhub

विश्व इतिहासमा आज : अन्तरिक्षमा हिँड्ने महिलादेखि ब्रिटिस-आइरिस युद्धसम्म


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज ११ अक्टोबर । आजको दिन विश्व इतिहासमा केही महत्त्वपूर्ण सामाजिक र राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ केही घटना :

अन्तरिक्षमा हिँड्ने पहिलो अमेरिकी महिला
सन् १९८४ मा अमेरिकी महिला क्याथरायन डिवेर सुलिभान अन्तरिक्षमा साढे तीन घण्टा हिँडेकी थिइन् । डिवेरलाई अन्तरिक्ष यात्री डेभिड लिस्टमाले साथ दिएका थिए । स्पेस सटल च्यालेन्जर मिसन एसटीएस–४१ जीमार्फत उनीहरू अन्तरिक्षमा पुगेका थिए ।

उचाङ क्रान्ति
सन् १९११ मा चीनको वुचाङमा ठूलो क्रान्ति भएको थियो । क्रान्तिपछि क्विङ वंशको अन्त्य हुनुका साथै जनगणतन्त्र चीन स्थापना भएको थियो । यो दिनलाई ताइवानमा महत्त्वपूर्ण दिवसमा रूपमा मनाइन्छ ।

ब्रिटिस र आइरिस सेनाबीच युद्ध
१८९९ मा ब्रिटिस र आइरिस सेनाबीच तीन वर्ष लामो युद्ध भएको थियो । बोअरमा सुन तथा हिराखानीको स्वामित्वको विषयमा विवाद उत्पन्न भएपछि युद्ध भएको थियो ।

इराकमा फौज परिचालन गर्ने अधिकार अमेरिकी राष्ट्रपतिलाई
सन् २००२ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसलाई इराकमा सैन्य फौज परिचालन गर्न वृहत् अधिकार दिने विधेयकलाई अमेरिकी कंग्रेसले पारित गरेको थियो।

पायोयिनर-१ अन्तरिक्षमा
सन् १९५८-मानवरहित अमेरिकी अन्तरिक्ष अनुसन्धान यान पायोयिनर-१ लाई चन्द्रमाको कक्षमा पठाइएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ७ : ११ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक