चुनावी चटारो र लोकतन्त्र | Khabarhub Khabarhub

चुनावी चटारो र लोकतन्त्र


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी मंसिर ४ गते आइतबार देशमा आम चुनाव हुँदैछ । सो निर्वाचनमा प्रतिनिधिसभाका निमित्त दुई सय पचहत्तर प्रतिनिधिसभा सदस्य छनौट हुँदैछन भने संगसँगै सातै प्रदेशका प्रान्तीय सभाहरूमा पनि चुनाव सम्पन्न हुँदैछ । लड्ने भिड्ने बाहेक यो पटकको चुनावी परिस्थिति जनता माझ उपलब्धीका हिसाबले उत्साहजनक देखिदैन ।

बरु माहोल विचलित र अन्योलपूर्ण देखिन्छ । पटक पटकका उत्साह र उमंगमाथि विश्वासघात भएपछि थेत्तरो नेतृत्वमा भरोसा कम हुनु स्वभाविकै हो । जनताले विश्वास गरेर पाएको अवसरलाई देशअनुकूल परिस्थिति अनुसार ढालेर लाभ लिन नसक्नु लिडरी सामर्थ्यहीनता नै हो ।

अघिल्ला चुनावहरूमा पार्टी बहुमतको गौरवपूर्ण स्थितिमा पनि पुगे । बारम्बार शक्तिशाली भएर सत्ता नियन्त्रण गरेता पनि जनअपेक्षा अनुरूप काम नगरी क्षणिक लाभ र एकाधिपत्य संस्कार स्थापित गरी जन विश्वास कमजोर हुँदै जाँदा अहिलेको चुनावी आँकलन स्वयं नेताहरूका निमित्त सकसपूर्ण बनेको छ । पार्टीपङ्क्तिका शीर्षस्थ नेताहरूलाई नै चुनाव जिताएर शाख प्रतिष्ठा बचाउन हम्मेहम्मे हुने लक्षण अनुमान गर्न सकिन्छ ।

कसलाई टिकट दिने ? कहाँ कसले जित्छ वा जसरी पनि जिताउनु पर्ने चुनावी चटारोमा नेताहरू लागिपरेका छन् । राम्रो राजनैतिक सम्भावना भएका कतिपय नेताहरू उम्मेदवार छनौटमा नपरेका कारण पार्टी भित्र नै असन्तुष्ट हुनेको लहर पनि ठुलै छ । यो भाँड भैलो अवस्थाको सिर्जना हुनुमा स्वयं नेताहरू नै जिम्मेवार छन् ।

एकातिर शीर्ष नेतृत्वलाई जन आवाज सम्बोधन गर्नु पर्ने बाध्यता छ भने अर्कोतिर खेमा खेमाका कार्यकर्ता र नेताहरूको दबाबलाई मिलाएर लानु उत्तिकै जरुरी छ । आफ्नो विरासत भएको स्थानमा नै चुनाव हार्ने देखिँदा जितिने निश्चित भएका क्षेत्रमा जानु पर्ने चुनौति उत्तिकै छ । यी यावत परिस्थितिमा चुनावी गठबन्धन नाजायज र नीति विरुद्ध हुने सम्भावना प्रबल हुने नै छ ।

आजसम्मका चुनावी परिणामलाई विश्लेषण गर्दा दोहोरिने पात्र र प्रवृत्ति एकै छन । बेचिएका नाराहरू पनि उस्तै हुन-सुखी जनता, समृद्धि नेपाल, स्थायी सरकार । जित्ने जिताउने तिनै हुन । जो हिजो पनि थिए, आज पनि छन् । चुनाव जितिसके पछि हुने पुरानै हैसियत हो । न प्रधानमन्त्री फेरिन्छ , न मन्त्रीहरू फेरिन्छन्

नारा-वचन बद्धता र घोषणा पत्र अनुसार काम हुन्छ । न विधिले शासन चल्छ ! अनि देशको माटोमा समृद्धि कता खोज्नु ? चाहुरिएका जनताका मुहारमा मुस्कान कता खोज्नु ! चुनावी माहोल तताउने अनि निजी शर्कल भित्रका कार्यकर्तालाई बनाउने, आफू-परिवार बन्ने सिवाय खासै देश र जनजीवन स्तरमा काम हुने कुरा योजना अनुसार केही हुँदैनन् । भूगोलको एजेण्डा हरबखत ओझेलमै हो ।

लोकतन्त्रका हरेक अभ्यासहरू बलियो हुँदै जानु पर्दछ । सत्ता जनताप्रति उत्तरदायी हुनुपर्छ । सार्वभौमिक मूल्य मान्यताका आधारमा न्याय ब्यवस्था स्थापित हुनुपर्दछ । समृद्धि क्रमश हुँदै जाने हुँदा प्रजातान्त्रिक अभ्यास भ्रष्टबाट पारदर्शिता तर्फको यात्रा हो ।

त्यस्ता अभ्यासहरू जनताबाट निसन्देह अनुमोदित हुँदै सुरक्षित र विश्वशीलो हुँदै गरेको कुरामा जनताले भरोसा गर्न सक्ने वातावरण बनाउनुपर्दछ । सात सालदेखि सुरु भएको प्रजातन्त्रले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि पछि आजसम्म आइपुग्दा करिव ७२ वर्षको अवधि पार गर्दैछ । इतिहास फर्केर हेर्दा सशस्त्र क्रान्तिबाट विजारोपित प्रजातन्त्र एक दशक पनि टिक्न सकेन ।

पञ्चायती निरंकुशतन्त्रका तीन दशक, ०४६ को जनआन्दोलनबाट प्रजातन्त्र पुनःस्थापना भए लगत्तै अवसरवादी अन्तर संघर्षका कारण राजनीतिक अस्थिरताको बीजारोपण र त्यसले शुरु गरेको दशक लामो माओवादी हिंसा, बीचमा दरबार हत्याकाण्ड, माघ १९ र त्यसपछि विभिन्न घात प्रतिघात र अन्तरद्वन्द्वमा रुमल्लिदै देश अघि बढेको हो ।

छिटफुट उपलब्धि बाहेक यो समयावधिमा हामी कहाँनेर निश्चिन्त हुन सक्यौँ ? कहिले ढुक्क हुने अवसर हामीले पायौँ ? केवल नेतृत्व र गैर राजनीतिक अभिनेताहरूको वैयक्तिक अभिष्ट पुरा हुनु सिवाय सारमा ठोस उपलब्धि केही भएको देखिदैन । स्वेच्छाचारिता र स्रोत साधनको चरम दुरुपयोग, संस्थागत भष्टचारिता लोकतन्त्रका उपलब्धि रहे । जसले यो व्यवस्थाको न्यूनतम मापदण्डमाथि नै प्रश्न चिंह खडा मात्र गरेन । लोकतन्त्रको संरचना नै भत्काउँदै लाग्यो ।

पटकै पिछे जनताका आशा र भरोसाहरुमाथि ठेस लाग्दै गयो । आजको तिक्तता यहि नै हो । जुन नेतृत्वले कहिलै बुझ्ने चेष्टा गरेन । गल्तिहरुबाट दलहरूले केही सिकेको देखिदैन । उल्टो एकै नियति र उल्झनमा उनिएको देखिन्छ । परिणामस्वरूप लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणमा देखिएको असमर्थता, अकर्मण्यता, नेताहरूको आचरण, क्रियाकलाप, ऐयासी गतिविधिमा देखिने अपारदर्शी तथा शंकास्पद तौर-तरीकाले गर्दा लोकतान्त्रिक शासन व्यवस्थामा नै खतरा बढेर गएको छ ।

विद्यमान लोकतान्त्रिक व्यवस्थाले बेवास्ता गरेका थुप्रै परिस्थितिहरू, विधिको शासनमा प्रगति नदेखिएकाले नागरिक असन्तुष्टि बढ्दै गएको देखिन्छ । जनताले पार्टी नेतृत्वको दोहोरिँदो प्रवृत्ति र अनुत्तरदायी भूमिकालाई यो पटक सामान्य रुपमा मूल्यांकन गरिरहेका छैनन् । त्यसले अबको चुनावमा अनपेक्षित परिणाम ल्याउने सक्ने सम्भावित परिदृश्यलाई बजारमा तातो बहस ल्याइदिएको छ  । जसको सांकेतिक परिणाम गत वैशाखमा सम्पन्न स्थानीय चुनावले देखाइसकेको छ ।

यसले प्रष्टरूपमा जनता निर्णायक छन् । यिनले चाहेको खण्डमा जे पनि सम्भव छ भन्ने कुरालाई थप बल पुर्याएको छ भने मूलधारका राजनैतिक पार्टीहरूलाई छोडेर स्वतन्त्र नेतृत्वका पछाडि जनता लाग्नु ठुलो सन्देश हो ।

यी दुवै संकेतले गर्दा प्रमुख राजनीतिक दललाई भावी निर्वाचनमा उम्मेदवार छान्न र जित्न सकस हुन सक्ने सम्भावनाको संकेत पार्टीपङ्क्तिमा छरपष्ट भैसकेको सर्वविदितै छ । सत्तामा हुँदा साँढे हुने, स्वेच्छाचारी जनवादी प्रवृत्तिलाई संरक्षण गर्ने र जसरी पनि चुनाव आफ्नो पार्टीले जित्नै पर्ने मानसिकताले हाम्रो लोकतन्त्र बलियो बन्दैन ।

बूढो नेतृत्वले कुर्सी ओगट्न छोडेर भूगोल र जनताका लागि उत्तरदायी युवा नेतृत्वलाई अघि सार्ने कुरामा किञ्चित कन्जुसाई गर्नु अब ढिलो भैसकेको बुझ्नु पर्दछ । आफ्ना हजारौं गल्ति कमजोरीलाई स्वीकार नगरेर आफुस इतर हस्तक्षेपलाई दोष दिने रुझान त्याग्नु पर्दछ । आफैं रक्षक आफै भक्षकको आचरण त्याग्नु पर्दछ । नेतृत्वको आचरण र व्यवहार पनि पनि लोक अपेक्षित हुनुपर्दछ ।

निष्कर्षमा जनमतको कदरलाई सर्वोपरि मानेर राष्ट्रको समृद्धिमा सबै एकजुट हुनुपर्दछ । यहाँ कसैलाई पनि लोकमतको अवज्ञा र खेलबाड गर्ने छुट छैन । सार्वभौम अधिकार सम्पन्न नागरिक भएको गौरवलाई सम्मानपूर्वक स्थापित गर्न नेताहरू सच्चिनु आवश्यक छ ।

हाम्रो जस्तो चेपुवा मुलुकले कसैको बकबासमा नलागी देशलाई उत्पादनमूलक बनाउने र युवालाई स्वदेशमुखी बनाउन प्रेरित गर्न आवश्यक छ । अबको निर्वाचनका प्रस्तावहरू भूगोल अनुकुल हुन आवश्यक छ । विकास माटोले मागेको, लोक अपेक्षाकृत हुनुपर्दछ ।

त्यसै अनुरूप चुनावी माहोल पनि समानुपातिक प्रतिनिधित्व र आरक्षणमा संवैधानिक आचारसंहिता अनुरूप भएन भने पार्टीलाई लोकतन्त्र विश्वासी भन्ने आधारहरू नहुन सक्छन् । जसले लोकतन्त्रको भविष्यलाई विनाश गर्दछ । लोकतन्त्रमाथि विश्वास दिलाउन आसन्न चुनावमा पार्टी र नेतृत्वले स्वविवेक निर्णायक गुमीका खेल्न अपरिहार्य भैसकेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ११ : ५८ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका

अनुमति नलिई जंगली बँदेल पालेको आरोपमा दुई जना पक्राउ

चितवन– जङ्गली बँदेल पालेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ

‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार

काठमाडौं–  मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा

गौशालामा महानगरको डोजर : सुमन सायमी प्रहरी नियन्त्रणमा

काठमाडौं– गौशालामा काठमाडौं महानगरको डोजर चलिरहँदा अवरोध गर्न खोजेका अभियन्ता

सात चिनियाँ गाउँलाई राष्ट्रसङ्घीय उत्कृष्ट पर्यटन गाउँको पुरस्कार

बेइजिङ– संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएन टुरिजम) ले यस