सडक भासिँदा बागलुङ–बेनी सडक अवरुद्ध « Khabarhub

सडक भासिँदा बागलुङ–बेनी सडक अवरुद्ध


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – बेनी नगरपालिका–१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ।

स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ बाट जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरै ठाउँमा पहिरो तथा हिलोका समस्या भएकाले म्याग्दी र मुस्ताङ आवतजावत गर्ने धेरै सवारीसाधनले विकल्पमा बागलुङ–बेनी सडक प्रयोग गर्दै आएका छन्।

पहिराका कारण सडक दबेर भासिएपछि हिलोमा सवारीसाधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ। एक हप्तायता रइनेडाँडाको पहिराले दैनिकजसो घण्टौँसम्म बेनी–बागलुङ सडक अवरुद्ध हुन थालेको सवारी चालक गोविन्द बानियाँले बताए।

‘ट्याक्सी, मोटरसाइकल र जिपलाई धकेलेर, तानेर पहिराको सडक पार गराए पनि बस, ट्रक, माइक्रोबस हिलो र चिप्लो अनि उकालो सडक उक्लन नसकेर जाम हुने गरेको छ’, उनले भने, ‘दुर्घटनाको जोखिमका साथै सास्ती भएको छ।’

सोमबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म सो ठाउँमा सडक अवरुद्ध बनेको थियो। दैनिकजसो यस्तै समस्या हुने गरेको यातायात व्यवसायी र यात्रुले बताएका छन्। यात्रु प्रकाश अधिकारीले यात्रु समयमा गन्तव्यमा पुग्न नसकेर बिचल्लीमा परेका बताए।

‘जङ्गलको बीचमा घण्टौँ जाममा फस्नुपर्दा खानेकुरा र पानी नपाउने, शौचालयको समस्या छ’, उनले भने, ‘बिरामीलाई समयमा अस्पताल पुर्‍याउन समस्या भएको छ। वृद्धवृद्धा, बालबालिकाको झनै बिचल्ली भएको छ।’

केही दिनयता रुइनेडाँडाको पहिरो सक्रिय भएर करिब २० मिटर सडक भासिएर ग्रेड नमिलेको र बेनीबाट बागलुङतर्फ जानेक्रममा सवारीसाधन उक्लन नसकेर फस्ने गरेका बेनपा–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए।

‘पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको क्रममा रहेको सडकका ठेकेदार र नगरपालिकाले भाडामा लिएको ब्याकुहोलोडर प्रयोग गरेर फसेका सवारीसाधन निकाल्ने र मर्मत गर्ने गरेका छौँ’, उनले भने, ‘आज बनायो, भोलि फेरि उस्तै हुन्छ। डोजरलाई यहीँ तयारी अवस्थामा राखेर तत्कालै मर्मतको व्यवस्था मिलाउन पहल गरेका छौँ।’ कालीगण्डकीको किनारबाट सडकभन्दा माथिसम्म पहिरो छ। यसलाई नियन्त्रणका लागि छुट्टै योजना माग गर्ने वडाध्यक्ष थापाले बताए।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ३४ बजे

शिक्षामन्त्री पोखरेल र कानुनमन्त्री गौतमसँग रास्वपाका सांसदको छलफल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको मन्त्री-सांसद प्रि-बजेट अन्तरक्रियाको तेश्रो

रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द

काभ्रेपलाञ्चोक- बुधबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग बिहीबार बिहान ८ः३० बजेदेखि

रोममा अमेरिका–इटाली संवाद

रोम- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग नगरेको

नेकपा छाडेर प्रलोपा रोजेका सुदन अब हर्कको श्रम संस्कृतितिर (तस्बिरहरू)

काठमाडौं- पूर्वपर्यटन मन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमण्डलका सदस्य सुदन

नौ दिनदेखि हराइरहेकी महिला मृत फेला

तेह्रथुम- तेह्रथुम जिल्लास्थित म्याङलुङ नगरपालिका-९ साब्ला कोप्चेकी एक महिला मृत