नेपाली चेस टोली बंगलादेश प्रस्थान « Khabarhub

नेपाली चेस टोली बंगलादेश प्रस्थान


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसीपमा सहभागी हुने नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ । १२ देखि २१  अक्टोबरसम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट पाँच खेलाडी तथा एक आर्विटर गरी ६ जनाको सहभागिता रहने छ । 

प्रतियोगितामा फिडेमास्टर विलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ तथा सिंगेश्वर दास र राजेन्द्र बज्राचार्यको सहभागिता रहेको छ ।

पूर्वराष्ट्रिय च्याम्पियनसमेत रहेका विलमलाल, रिजेन्द्र राजभण्डारी तथा राजेन्द्रप्रसाद श्रेष्ठ नेपालको तर्फबाट विभिन्न ओलम्पियाडमा समेत सहभागिता जनाइसकेका खेलाडी हुन् ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापति निर्णायकको भूमिकामा रहनेछन् । प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम एवं सचिव उमेश केसीले त्रिभुवन विमानस्थलमा शुभकामनासहित बिदाइ गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १२ : १९ बजे

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र

अनि दयाहाङलाई गालीको ओइरो…

काठमाडौँ – समाजिक विषयमा आवाज उठाउनु कलाकारको नैतिक जिम्मेवारी हो

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी – यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको