आज ‘एनआरएनए डे’ मनाइँदै « Khabarhub

आज ‘एनआरएनए डे’ मनाइँदै


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लन्डन– नेपाल सरकारले ११ अक्टुबरलाई एनआरएनए डेको रूपमा मनाउँदै आएको छ । सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८४ देशमा शाखा रहेको छ ।  

एनआरएनएको स्थापना दिवसको अवसरमा मंगलबार संघले काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्न लागेको संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए । मंगलबार होटल याक एण्ड यतीमा आयोजना हुने समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।  

समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का, कांग्रेस नेता राधेश्याम अधिकारी, पूर्वमन्त्री रामकुमारी झाँक्री, माओवादी नेता खिमलाल देवकोटा, लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण, मुख्यसचिव शंकरदास बैरागीलगायत नेपाल सरकारका उच्च पदाधिकारी तथा सचिवहरूको उपस्थिति रहनेछ ।

दुई दिनसम्म चल्ले कार्यक्रमको अन्तिम दिन समापन समारोहलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओ‌लीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ । 

गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । काठमाडौँस्थित संघको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले महासचिवद्वय गौरीराज जोशी र केशव पौडेलको वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरूको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १२ : ४८ बजे

प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा

वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण

नेपालगञ्ज– विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन

विपन्न परिवारलाई नयाँ घर

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको